मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिताका सुरेश को ?

विजय आवाज, काठमाण्डौ, 2011/01/21

काठमाण्डौको कुमारी हलमा केही दिन अघि चलचित्र चिनोको  प्रेस शो कार्यक्रम थियो । प्रेस सो कार्यक्रममा चलचित्रका केही कलाकार, पत्रकार र केही चलचित्रकर्मीको उपस्थीति थियो । चलचित्र हेर्दै जाने क्रममा एउटा रमाईलो दृश्य आयो । दृश्य थियो, नायक रमित ढुङगानालाई चलचित्रकी एक नायिका सुनिता गन्धर्वले माला लगाउनु पर्ने ।

 

एक विहानै नदीको छेउमा जुन युवकलाई पहिला देख्छेस् उसैलाई माला लगाएर स्वामी वनाउनु भनेर सुनिताको माईजुले सिकाएकी हुन्छिन् । नदीको किनारमा सवैभन्दा पहिला सुनिताले चलचित्रका नायक रमित ढुङगानालाई भेट्छिन् र स्वामी भन्दै माला पहिराउछिन् । तर रमितले स्वामी वन्न अस्विकार गर्छन् र त्यहाँबाट हिड्छन् । रमितलाई स्वामी वनाउन नपाएपछि सुनिता स्वामी भन्दै कराउदै रमितको पछि पछि दौडीएकी हुन्छिन् ।


सुनिताले चलचित्र भित्र आधा दर्जन भन्दा बढी पटक  स्वामी स्वामी भनेर पुकारछिन् । त्यो दृश्य आईरहदा हलभित्रका सम्पूर्ण दर्शक वनेका पत्रकार तथा चलचित्रकर्मी रमाईलो  तरिकावाट चलचित्र हेरिरहेका थिए । जव सुनिताले चलचित्रमा स्वामी भनेर पहिलो पटक वोलाउथिन्  त्यति नै वेला हलको कुनै एक भागवाट हजुर भन्ने आवाज निस्किएको थियो । चलचित्रमा सुनिताले जतिपटक स्वामी भनेर चिच्याउथिन् उति नै पटक हजुर भन्दै सिनेमाहलको लबीबाट आवाज निस्किरहेको थियो । हो, सुनिताले चलचित्रमा स्वामी भनेर पुकारदा  हल भित्रवाट हजुर भनेर जवाफ फर्काउने व्यक्ति अरु कोही नभएर निर्देशक तथा पत्रकार सुरेश दर्पण पोख्रेल थिए ।

त्यो प्रेस शोमा सुनिताको हरेक पल्टको पुकारमा सुरेश हजुर की हजुर भनेर कराईरहेका थिए । आखिर चलचित्रको पर्दा भित्र नायिका सुनिता गन्धर्वले स्वामी भनिरहदा सुरेश हजुर भनेर किन कराए ?  को हुन् सुरेश सुनिताका ?  यि दुई विचको सम्वन्ध के हो ? यसवारेमा सुरेशलाई फिल्मीखवरले प्रश्न राख्दा उनले हाँसेरै टारिदिए ।

सुनिताले स्वामी भन्दा सुरेशले किन हजुर कि हजुर भनेर कराए ? यो प्रश्न गभ्भिर रुपमा उठेको छ । आखिर के सुरेश साच्चिकै सुनितालाई केही भन्न खोज्दै थिए ? जुन कुरा उनले हलभित्र चलचित्रको साहारा लिएर भने । एउटा युवतिले चलचित्रमा स्वामी भनेर चलचित्र उद्योगको एउटा निर्देशकले हजुर भनेर वारम्वार भन्नुको अर्थ के हो ?

कि सुरेशले आफूलाई हल भित्र भिन्न देखाउनका लागी त्यस्तो शब्द मुखवाट निकालेका हुन् ? यो भने गभ्भिर प्रश्नको रुपमा उब्जिएको छ ।