फष्टलभ इन्ट्रोडक्सन नायिका ऋचा शर्माको नाम र काम शुक्रबारबाट परिवर्तन भएको छ । उनी ऋचा शर्माबाट अब डान्सबारमा नाच्ने कबिता विश्वकर्मा बनेकी छिन् । होस गर्नुहोला पुरूष मित्रहरू किन कि जब उनले कुनै गाँठवाला पुरूष देख्छिन् तव आग्रह गरिहाल्छिन् 'मेरो डान्स हेर्न बारमा आउनु होला ।'
सिम्पल देखिने ब्ल्याक ब्यूटी डिम्पल नायिका शर्माको शुक्रबारबाट पहिरन र बोलीमा पनि फरक पना आएको छ । उनले आफ्नो नाकमा नथिया समेत लगाउन भ्याएकी छिन् भने बोलीमा आफ्नो कामुकता देखाउन कत्ति पनि लाज मान्दिनन् । उनका अगाडी चाहे जस्तो सुकै उमेरको पुरूष किन नआओस् कुनै मतलव नराखी उनी आग्रह गरिहाल्छिन 'न जाने मेरो बारमा ? '
ऋचाले डान्स गर्ने भनेको बार चलचित्र 'हाईवे' भित्रको हो । जहाँ उनी हिरोइन बन्ने इच्छाले डान्स बारमा काम गर्न पुगेकी हुन्छिन् । ऋचा सो फिल्ममा यौनकर्मी महिला भएर अभिनय समेत गर्दैछिन् । चर्चित दुई लघु चलचित्र 'चौकैठ' र 'पूजा' निर्देशन गरिसकेका निर्देशक दीपक रौनियारले निर्देशन गर्न लागेको सो चलचित्रको शुक्रबार एक भब्य समारोहबीच मुहूर्त समेत गरिएको छ ।
आदि प्रोडक्सनको ब्यानरमा समिर मणी दीक्षित र लोनिम प्रसाई दीक्षितले निर्माण गर्ने भनिएको सो चलचत्रिको मुहूर्त समारोहमा ऋचाले यौनकर्मी महिला झल्कने भेषमा आफ्नो परिचय समेत गराएकी थिईन् । सो चलचित्रमा कर्म, विनय श्रेष्ठ, सौगात मल्ल, दयहाङ राई तथा चर्तित बीबीसी नेपाली सेवाका पत्रकार रबिन्द्र मिश्रले पनि पहिलो पटक अभिनय गर्दैछन् ।
आगामी फेब्रुअरी दुई तारिखबाट छायाकंनमा जाने सो चलचित्रमा राजमार्ग तथा समाजका विभिन्न पाँच क्षेत्रमा देखिएका समस्यालाई पनि चलचित्रमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । सो चलचित्रमा क्यामेरा पर्सनको रूपमा अजल सिहं फाईनल भै सकेका छन् सम्भवत: सो चलचित्रमा संगीत किचमान चित्रकारले दिने करिब निश्चित भएको यूनिटको भनाई छ ।