मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाराम सुध्रिन एक प्रतिशत बाँकी

फिल्मीखबर, काठमाण्डौ, 2011/01/25

हुनत निर्देशक दयाराम दाहाल विग्रिएका हैनन् तर उनी आफैले फिल्मीखबर समक्ष भनेका छन्, 'म सुध्रिन अब एक प्रतिशत बाँकी छ ।' कारण के भने चौबिस घण्टा मदिराको नशामा लठ्ठ हुने दाहालले मदिरा छाडेको सात महिना भैसक्यो भने उनी मांसाहारी जीवनबाट शाहकारी समते भैसकेका छन् ।



फुर्सद भयो कि बिहान देखि बेलुका सम्म विभिन्न रक्सीले भरिएका रेष्टुराँमा भेटिने दाहालले रेष्टुराँको मुख समेत नदेखेको धेरै भई सक्यो रे । अकस्मात फिल्मीखबरसँग मुठभेटमा परेका दाहाललाई के तपाईले पूर्ण रूपमा रक्सी छाड्नु भएको हो भन्दा उनले भने, 'चियर्स नगरी नहुने ठाँउमा अलिकति लिन्छु त्यो पनि देखाउनको लागि मात्र ।' भने पछी तपाई सुध्रिनु नै भएको हो त ? भन्ने अर्को प्रश्नमा दाहालले भने, 'एक प्रतिशत बाँकी राखेर सायद भन्नु पर्छ त्यस्तै ।'

 

२०५२ सालतिर चलचित्र भरिया मार्फत निर्देशन यात्रा सुरू गरेका दाहालले दुइ दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् । उनले थुप्रै हिट चलचित्र पनि नेपाली दर्शकसामु पस्किसकेका छन् । पछिल्लो समय उनले निर्देशन गरेको चलचित्र 'दशगजा' हो जुन अहिले निकै चर्चामा छ । 'भरिया' मार्फत जब चलचित्र निर्देशन यात्रा सुरू गरे दाहालले त्यति बेला देखिनै मदिराको नशालाई उनले आफ्नो सवै भन्दा प्रिय साथी बनाउदै आएका थिए । उनलाई मदिराको लतमा पार्ने व्यक्ति अभिनेता शिव श्रेष्ठ हुन रे ।



नशामा झुल हुने दयारामले आफ्नो बानी एक्कासी त्यागेको देखी थुप्रै चलचित्रकर्मी पनि अचम्ममा परेका छन् । यति सम्मकी उनी पहिलाको भन्दा अहिले धेरै स्वस्थ्य पनि देखिन्छन् । पछिल्लो चरणमा रक्सी छाडेकै कारण आफूले स्वस्थ्य महसुस गरेको बताउदै दाहाल भन्छन्, 'पाईन्ट लगाउदा निकै ठूलो देखिने भुँडीलाई समेत निकै घटाएको छु ।' मदिराको नशा छाडेका दाहालले सात महिनामा दश किलो वजन समेत घटाएको बताए ।