बहाना वनाउन त कसैले नेपाली चलचित्रकर्मीवाट सिकोस् । कुनै काम आफूले गर्न नपरोस् भन्ने चाहना उनिहरुको मनमा पलायो भने केही न केही बहाना वनाई हाल्छन् । यसैले चलचित्र क्षेत्रलाई चलचित्रको मात्र होईन बहानाको खेती गर्ने पनि ठाँउ हो भन्दा खासै अतियुक्त हुदैन । यस्तै बहाना वनाएका छन् चार निर्देशकले ।
नेपाल चलचित्र निर्देशक समाजको आयोजनमा चितवनको मेघौलीमा हप्ता दिने अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला चलिरहेको छ । कार्यशालामा ७५ भन्दा वढि निर्देशकले निर्देशनका वारेमा केही नयाँ कु्रा सिकिरहेका छन् । यो कार्यशालामा अन्तर्राष्ट्रिय स्तरकै तीन निर्देशकले नेपाली निर्देशकलाई चलचित्रको व्याकरण, निर्माणका वारेमा आफ्ना अनुभव साटिरहेका छन् । यसरी हेर्दा नेपाली निर्देशकले पक्कै पनि केही न केही नयाँ कुरा यसवाट सिकेको स्पष्ट हुन्छ । सिक्नका लागी न त उमेर न त अनुभव केहीले पनि छेक्दैन । किनकी सिकेर मानिस कहिले पनि वुढो हुदैन । तर यहि कार्यशाला गोष्ठिमा नेपाली चलचित्र क्षेत्रका चार चर्चित निर्देशकले विभिन्न बहाना वनाएर सहभागी हुन इन्कार गरेको थाहा भएको छ ।
यो कार्यशालामा थुप्रै निर्देशक सहभागी भएनन् होला या कतिले अवसर पाएनन् होला । तर नेपाली चलचित्र क्षेत्रमा आफूलाई अव्वल दर्जाका निर्देशक भन्न रूचाउने चार निर्देशकले विभिन्न बहाना देखाएको वुझ्नमा आएको हो । यसरी वाहाना वनाएर सहभागी नहुने चार निर्देशकहरू दयाराम दाहाल, दिपक श्रेष्ठ, मदन घिमिरे र शोभित वस्नेत रहेका छन् । यि चार निर्देशक मुलधारका चलचित्र निर्माण गर्नमा अग्रपक्तिमा आउछन् । यि चार जनाले कार्यशालामा सहभागी नहुनका लागी चार थरीका बहाना वनाएका रहेछन् । यिनीहरुले वनाएको चार वहाना आफैमा रमाईलो पनि छ ।
निर्देशक दयाराम दाहालले आफूलाई पिनासले सताउने भन्दै कार्यशालामा सहभागी भएनन् । आफूमा पिनास रोग रहेको जसले गर्दा हप्ता दिनसम्म बाहिर रहदा असर पर्ने भन्दै निर्देशक दाहाल यो कार्यशालामा नगएको बुझिएको छ । यस्तै चलचित्र निर्देशक मदन घिमिरेले आफ्नो उमेरलाई कारण देखाउदै कार्यशालामा सहभागी हुन इन्कार गरेको बताईएको छ । यो उमेरमा आएर सिकेर के हुन्छ र ? मदनले सहभागी नहुने कारण देखाउदै भनेको स्रोतले वतायो ।
उता निर्देशक शोभित वस्नेतले आफ्नो चलचित्र 'चिनो' को प्रदर्शन मितिलाई बहाना वनाएका रहेछन् । 'चिनो' प्रदर्शन भईरहेको समयमा प्रदर्शनका लागी दौडधुप गर्नुपर्छ यसकारण म जान सक्दिन', शोभितको भनाई उर्द्धत गर्दै एक निर्देशकले वताए । सवैभन्दा हासो लाग्दो बहाना त निर्देशक दिपक श्रेष्ठले वनाएका रहेछन् । दिपकले यस्ता कार्यशाला गोष्ठिमा गएर सिकेर केही नहुने भन्दै जान चाहेनन् । 'यस्ता कार्यशाला गोष्ठिमा के नै सिकिन्छ, मैले त खासै फाईदा देखिन', दिपकले जान अस्विकार गरे ।
निर्देशक समाजले आयोजना गरेको अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठिमा धेरै निर्देशले आफूले केही सिकिएला भन्ने आशा गरेर सहभागी हुन गईरहेको समयमा यि चार निर्देशकले भने आ-आफ्नै बहाना वनाएका छन् । हुनत कुनै कार्यक्रममा कसैलाई जवरजस्ती सहभागी हुन नै पर्छ भनेर भन्न सकिदैन । तर आफूलाई अव्वल ठानेर आडम्वरी तरीकावाट सहभागी नहुनु खासै राम्रो भने होईन ।
अधिकांश चलचित्रमा नयाँपन भन्दा पनि परम्परागत ढर्रालाई आत्मसाथ गर्दै आएका यि चार निर्देशकको अनुपस्थितिले निर्देशक समाजको कार्यशालालाई त कुनै घाटा नहुने देखिन्छ तर चार निर्देशकले भने केही सिक्ने अवसरलाई गुमाएका छन् । म नै र्सवश्रेष्ठ भन्ने सोचाईले फाईदा कसैलाई पनि गर्दैन, सवैलाई चेतना भया......