आफूलाई केही चलचित्रमा खेलाई सकेका निर्माता बसन्त कुमार श्रेष्ठको क्याफेलाई महानायक राजेश हमालले उद्धघाटन गरेका छन् । काठमाण्डौको महाराजगञ्ज स्थित भाटभटेनी सुपर मार्केटसँगै खोलिएको सनराईज क्याफेलाई हमालले बुधबार साँझ रिवन काटी उद्धघाटन गरेका हुन् ।
क्याफेको उद्धघाटन गर्न नायक रेश मरहठ्ठा र सुनिल दत्त पाण्डेले पनि महानायलाई सहयोग गरेका थिए । रिवन काटिसकेपछी हमालले केक कटेर क्याफे उद्धघाटन भएको औपचारिक घोषणा सञ्चारकर्मीमाँझ गरेका थिए । करिब ७० लाखको बजेटमा बुधबारबाट सञ्चालनमा ल्याईएको सो क्याफे उद्धघाटान समारोहमा केही चलचित्रकर्मीको पनि सहभागिता थियो ।
प्रेस सञ्चालक, हल मालिक तथा बुधबारबाट क्याफे ब्यवसायीको समेत नयाँ ट्याग भिरेका निर्माता श्रेष्ठले हाल सम्म १३ वटा चलचित्र निर्माण गरिसकेका छन् । उनले पहिलो पटक निर्माण गरेको चलचित्र 'आफ्नो मान्छे' हो । जुन चलचित्र निकै हिट समेत भएको थियो ।