गएको माघ तीन गते देखि बासुदेव पोखरेलको निर्देशनमा छायाकंन भै रहेको चलचित्र 'म बिर्सुं कसरी' तीब्र गतीमा अघि बढेको छ । कलाकार शान्ती मास्केको निधन कारण एक दिन स्थगित गरिएको सो चलचित्रको छायाकंन बुधबार सम्म ३५ प्रतिशत सकिएको निर्देशक पोखरेलले जानकारी दिए ।
पद्म कुमारी फिल्मसको ब्यानरमा रिमेश अधिकाकारी प्रस्तुतकर्ता, मनोज आचार्य निर्माता तथा किशोर साम्वाहाम्फे कार्यकारी निर्माता रहेको सो चलचित्रमा सुमन सिंह, आयुष रिजाल, मुकेश आचार्य, सोनिया केसी र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् । केही चलचित्रमा नायक भएर अभिनय गरेका मुकेशले सो चलचित्रमा पहिलो पटक खलनायक भएर अभिनय गरेका छन् ।
सम्पूर्ण छायाकंन काठमाण्डूमा गरिने सो चलचित्र आगामी फागुनको पहिलो साता सम्ममा प्याकअप गरिने निर्देशक पोखरेलको भनाई छ । चलचित्रमा सुमन तन्डुकारले क्यामेरा चलाएका छन् भने राम जनकको द्धन्द तथा बब्बु थापाको नृत्य र विनोद खम्बु लगायतका केही व्यक्तिको संगीत समेटिएको छ ।