अविवाहित महानायक राजेश हमाल बुधबार साँझको एक कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । कार्यक्रम थियो 'सनराईज क्याफे' को उद्धघाटन समारोह । जहाँ केही चलचित्रकर्मी र सञ्चारकर्मीमाझ उनले सो क्याफेको उद्धघाटन गरेका थिए ।
निर्माता बसन्त कुमार श्रेष्ठले दुई जना साथीसँग मिलेर सञ्चालनमा ल्याएको सो क्याफे उद्धघाटनमा उनी निर्धारित समय भन्दा केही ढिला आएका थिए । सवैको नजर क्याफेको मूल ढोका तर्फ थियो कति बेला आउछन् उनी भनेर । चलचित्र क्षेत्र बाहेकका केही ब्यक्तिहरुको समेत उपस्थिति रहेको सो समारोहमा जब राजेश आई पुगे तब निर्माता श्रेष्ठले मुख्य प्रवेशद्धारमै उनलाई स्वागत गरेका थिए । उद्धघाटनमा केही ढिला उपस्थित भएपछी हमाललाई निर्माता श्रेष्ठले सिधै क्याफे उद्धघाटन तर्फ अघि बढाए । श्रेष्ठको आग्रह बमोजिम हमालले रिवन काटेर सो क्याफे उद्धघटन पनि गरे र क्याफेको नाममा तयार गरिएको केक पनि काटेर केही ब्यक्तिलाई खुवाए ।
स्मार्ट भएर चिसो रातमा तातो जवानीका साथ उपस्थित भएका हमाललाई क्याफेमा निम्ता गरिएका पाहुनाले आफ्नो नजरको तीरले हानिरहेका थिए । सोही क्रममा क्याफे उद्धघाटन गरेपश्चात निर्माता श्रेष्ठले उनलाई एक टेवलमा बस्न भनी आग्रह गरे । सो टेवलको अघिल्लो पंक्तीमा अभिनेता सुनिल दत्त पाण्डे लगायतका उनका केही साथी बसेका थिए । जुन टेबलमा श्रेष्ठले महानायकलाई बस्न भनी आग्रह गरेका थिए त्यो सँगैको भित्तामा एक युवती पनि बसिरहेकी थिईन् । जब श्रेष्ठले ती युवतीसँगैको टेबलमा हमाललाई बस्न भनी आग्रह गरे तब प्रमुख अतिथि भएका हमालले श्रेष्ठको निर्देशनलाई मान्दै मानेन् । निर्माता श्रेष्ठले पटकपटक ती युवतीको छेउमा बस्न आग्रह गरेपनि राजेशले उनको त्यो आग्रहलाई स्विकारेनन् ।
गफ गर्न सजिलो होस भनेर श्रेष्ठले हमाललाई सो मेचको बीचमा राखी आफू छेउमा बस्ने मुड बनाएका थिए । तर पनि हमालले उनको त्यो इच्छालाई नबुझेपछि अन्तत: श्रेष्ठ युवतीसँगै महानायकको बीचमा बस्न बाध्य भए । यि सब कुरा नियाली रहेको फिल्मीखबरले राजेश बीचमा नबस्नुको अर्थ आफ्नै ढङ्गगले परिभाषित गरेको छ ।
बिवाहको कुरा आयो कि तर्सने ४७ बर्षे अविवाहित नायक हमाल श्रेष्ठको आग्रह बमोजिम त्यहाँ नबस्नुको अर्थ भित्ता छेउमा बसेकी एक युवती थिईन् । सुन्दर ती युवतीको आकर्षणमा परिने डरले होला सायद हमालले उनीसँगै बस्नको लागि निर्माता श्रेष्ठको आग्रहलाई त्यसरी इन्कार गरेको । नभए पटक पटक त्यहाँ बस्नु भन्ने श्रेष्ठको आग्रहलाई हमालले किन बहिस्कार गरे त ? पक्कै पनि सोचनिय कुरा छ यहाँ । छेउमा बस्नु र बीचमा बस्नुको अर्थ के ? के महानायक ती युवतीसँग लजाएका हुन् ? वा महिलासँग बस्न उनलाई डर लाग्छ ? यो प्रश्न भने उनलाई नै ।
सँगै रहेकी ती युवतीले हमाललाई पटक पटक छड्के नजरले हेरिरहन्थिन् तर पनि हमालले उनलाई हेर्न आँट समेत गरेनन् । यति सम्मकी एउटी युवतीले त्यसरी हेरिदिँदा मुस्कान फर्काउन समेत हमाललाई हम्मे परेको थियो । आखिर किन ती युवतीको आडमा बस्न महानायक तयार भएनन् त ? के थियो ती युवतीसँग जसको कारण हमाल उनीसँग बस्न चाहेनन् ? यो प्रश्नको उत्तर खोज्ने जिम्मा तपाईलाई नै !