दश महिने मुम्बई बसाईपछी गएको सोमबार अचानक काठमाण्डू आएका नायक निखिल उप्रेती आज शुक्रबार मुम्बई फर्किएका छन् ।
भारतीय निर्देशकले निर्देशन गर्ने भनिएको नेपाली चलचित्र परिचयको सुटिङ्गका लागि आफ्नो व्यक्तिगत प्रशासकिय काम मिलाउन नेपाल आएका उप्रेती साढे एघार बजे जेट एयरको फ्लाईटबाट भारतीय एक साथीका साथ मुम्बई फर्किएका हुन् । उनलाई विदा गर्न श्रीमती कोपिला र प्रेमिका भनिएकी संञ्चिता लुइटेल कोही पनि विमानस्थल पुगेका थिएनन् । निखिल आउने दिन पनि यि दुई स्वागत गर्न विमानस्थल पुगेका थिएनन् ।
परिचय नामक उक्त चलचित्रमा स्काई ड़ाईभिङ्ग गर्ने सिन भएकाले निखिलले हिजो बिहिबार थाई राजदुतावास पुगी स्काई ड़ाईभिङ्गको तालिमका सम्बन्धमा स्वीकृति समेत लिएका थिए । यस्तै हिजो नै निखिलले आफ्ना पूराना तीन बैकं एकाउन्ट एभरेष्ट, सिद्वार्थ र कान्तिपथमा रहेको नबिल बैकंको एकाउन्ट पनि सक्रिय गराएका थिए ।
स्काई डाईभिङ्गको पन्ध्र दिने तालिम लिन उनी आगामी फेब्रुअरी ४ तारिखमा थाईल्याण्ड जादैछन् । यस्तै सो तालिम सकिए लगत्तै परिचय को सुटिङका लागि नेपाल फर्कने निखिललको भनाई छ । 'सुटिङका लागि डाईभिङ्गको कोर्स सकि चाडै नै नेपाल फर्कने छु' मुम्बई फर्किनु अघि निखिलले भने ।
पाँच दिने काठमाण्डू बसाईमा उनी एक रात बाहेक सवै रात श्रीमती कोपिला साथ बिताएको बुझिएको छ । नेपाल आएको रात उनी आफ्नो नयाँ फिल्मको टिमको साथ होटल र्याडिसनमा बसेका थिए । प्रेमिका संञ्चितासँगको विवाहलाई अस्विकार गर्दै आएका निखिलले विमान स्थल ओर्लिए लगत्तै दुवैसँगको सम्बन्धमा केही चिसो पना आएको खुलाशा गरेका थिए । यस्तै बुझिन आए अनुसार करिब दुई बर्षीय आफ्नो छोराको मायाको कारण उनी श्रीमती कोपिलालाई डिभोर्स दिन चाहदैनन् र समाजको कारण संञ्चितासँग औपचारिक रूपमा विबाह पनि गर्न चाहदैनन् ।