मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकेन्द्रको थेगो

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/28

चलचित्र उद्योगमा थुप्रै थेगोहरू प्रचलनमा छन् । यो उद्योगमा नम्बर वान ठहरिएका देखि लिएर निर्माता निर्देशकले एक मौसमामा एउटै  थेगो निकै प्रयोग गर्ने गर्छन् । यस्तै प्रयोग गरिएका विभिन्न थेगो मध्ये एक बर्षमा  करिब तीन थेगो यो कलिउड उद्योगमा निकै चर्चित बन्ने गर्दछ ।

 

पछिल्लो समय एउटा थेगो नम्बर वान नायिका रेखा थापा देखि लिएर राजवल्लभ कोइराला जीवन लुइटेल, आयुष रिजाल  तथा अन्य नायक-नायिका र निर्देशकहरूले ब्यापक प्रयोग गर्न थालेका छन् । थेगो हो 'मिलाएर गर।' यो थेगो पछिल्लो समय प्राय हरेक चलचित्रकर्मीको मुखबाट निस्कने शब्द हो । चाहे नयाँ  निर्देशक हुन वा पूराना, वा किन नै नहुन भर्खरै मात्र कलिउड प्रवेश गरेका कलाकार प्राय  सबैको मुखमा यो थेगोले स्थान पाउँने गरेको छ ।

यस्तै लामो समय पछी आफ्नै फिल्म शासन लिएर कलिउड कमब्याक भएका सोल्टिनी हिरो लोकेन्द्र कार्कीले नयाँ थेगो ब्यापक प्रयोग गर्न थालेका छन् । अंग्रेजी शब्दको उनले प्रयोग गर्ने थेगो हो 'डेफिनेट्ली' अर्थात  नेपालीमा अवश्यपनि । प्राविधिक समस्यापछी माघ चौधको रिलिजबाट केही साता पर धकेलिएको उक्त चलचित्रको अडियो विमोचनमा उनी सर्वप्रथम सञ्चारकर्मीमाझ सार्वजनिक भएका थिए । त्यसपछी पछिल्लो चरणमा सञ्चारकर्मीमाँझ उनको उपस्थिति निकै बाक्लिदै गएको छ । राजनितिक बृत्तका समेत यि हिरो आजकाल हरेक कार्यक्रममा आकर्षणका पात्र पनि बन्न थालेका छन् । जब कुनै कार्यक्रममा उनी उपस्थित हुन्छन तव माईक समात्न नपाउदै उनले डेफिनेट्ली भन्ने शब्द निकालिहाल्छन् । एक पटक बोल्दा उनी करिब १० मिनेट बोल्छन तर त्यो १० मिनेटमा उनले डेफिनेट्ली  भन्ने शब्द बारम्बार उच्चारण गरिरहेका हुन्छन् ।

फिल्मीखबरले नियालेको लोकेन्द्रको डेफिनेट्ली  भन्ने शब्द उनको  थेगो हो वा त्यो शब्द देखि उनलाई ज्यादै मोह छ ?  के तपाईको फिल्मले राम्रो ब्यापार गर्ने सम्भावना देख्नु हुन्छ नी ? भन्ने  एक सञ्चारकर्मीको प्रश्नमा केही दिन अघि उनले डेफिनेट्ली  राम्रो ब्यपार गर्छ भनी प्रतिक्रिया पनि दिएका थिए । आशा गरौ लोकेन्द्रले भने जस्तै  उनको फिल्मले पनि डेफिनेट्ली   राम्रो ब्यापार गरोस ।