मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिलमाया र इतिहासले दर्शकको मन जित्दै

फिल्मीखबर, काठमाण्डौ, 2011/01/29

राजधानी र राजधानी बाहिरका सिनेमा घरम प्रदर्शन भईरहेको चलचित्र 'दिलमाया' ले दर्शकको मन जितेको युनिटले बताएको छ । राजु गिरीको निर्देशनमा एलिजा रिजालले निर्माण गरेको प्रेमकथामा आधारित सो चलचित्र महिलाले बढी मन पराएको निर्देशक गिरीले बताए । उनले भने, 'महिला दिदी बहिनीहरू त फिल्म हेरेर रूँदै हलबाट बाहिर निस्केको हामीले पायौं ।'

 


सुरूची फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको सो चलचित्रमा अरूणिमा लम्साल, निखिल उप्रेती, अशोक फुँयाल, राजु गिरी, पवन बस्नेत, एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्लस टु पुस्ताको प्रेमकथामालाई मुख्य विषय बनाइएको यो चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

 

यसैगरी राजधानीको बिश्वज्योती, गंगा, कलंकी, अष्टनारायण, गोपी, गुण, बाराही लगायतका करिब १५ वटा सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र 'इतिहास' ले पनि दर्शकको मन जितेको निर्माण युनिटले जनाएको छ । मिराज फिल्म्सको व्यानरमा उद्वब अबिदितले निर्देशन गरेको सो चलचित्रको बिश्वज्योती हलको कलेक्सन पछिल्लो समयको सबैभन्दा बढी रहेको समेत बताईएको छ ।

 


थुप्रै चलचित्रमा प्रोडक्सन म्यानेजर भई काम गरेका मिलन सुबेदीले निर्माण गरेको चलचित्र 'इतिहास' मा बिराज भट्ट, रेखा थापा, दिलिप रायमाझी, सञ्चिता लुईटेल, रेजिना उप्रेती, मिथिला शर्मा, बिरू बज्राचार्य तथा बालकलाकार इशान रावतको मुख्य भुमिका रहेको छ ।

 

करिब तीन बर्ष अगाडी निर्माण गरिएको सो चलचित्रले उपत्यका बाहिरका केही हलहरूमा राम्रो व्यापार गरेको थियो । अहिलेका निकै चर्चामा रहेका करियोग्राफर कविराज गहतराज यसै फिल्मबाट डेब्यू गरेका हुन् ।