८३ बर्षको उमेरमा गएको माघ ४ गते निधन भएकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको सम्मानका लागि चलचित्र कलाकार संघले उनको नाममा अक्षय कोष सहितको पुरस्कार घोषणा गर्ने भएको छ ।
तेह्रौ पुण्य तिथिको अबसरमा आईतबार संघको नयाँ भवन अनमानगरमा आयोजित श्रदाञ्जली कार्यक्रममा संघ अध्यक्ष रमेश बुढाथोकीले छिट्टै कार्य समितिको बैठक बसी मास्केको नाममा उपयूक्त राशि सहितको पुरस्कार घोषणा गर्ने बताएका हुन् । सो पुरस्कार करिब एक लाख सम्मको समेत हुन सक्ने बताईएको छ । प्रत्येक बर्ष कलाकारिता क्षेत्रमा योगदान पुर्याउने एक ब्यक्तिलाई सो पुरस्कार प्रदान गरिने बुढाथोकीले भनेका छन् । 'संघको संस्थापक सदस्य भएको नाताले उहाँको सम्मानमा चाडै नै यो निर्णय सार्वजनिक गर्ने छौ' फिल्मीखबर समक्ष बुढाथोकीले भने ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भएका केही चलचित्रकर्मी तथा सञ्चारकर्मीले समेत मास्केलाई मरणोपरान्त भएपनि सम्मान दिनु पर्ने माग गरेका छन् । श्रद्धाञ्जली कार्यक्रममा मास्केका सहयात्रीहरू बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी पनि उपस्थित थिए । २०२३ सालमा चलचित्र 'हिजो आज भोली' बाट अभिनय यात्रा सुरू गरेकी स्वर्गीय मास्केले करिब चार दर्जन बढी नेपाली चलचित्रमा सक्रिय भएर अभिनय गरेकी थिईन् । उनीद्धारा अभिनय गरिएका अधिकाशं चलचित्र हिट समेत भएका थिए ।
मिति : २०८१ मंसिर ८, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
मास्केको सम्मानमा पुरस्कार स्थापना गरिने
फिल्मीखबर, काठमाण्डौ, 2011/01/30
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’