मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हमालको एक्सक्लुसिभ गेटअप सार्वजनिक

अनुप भट्टराई, काठमाण्डौ, 2011/01/30

ओठ माथि जुँगा, निधारमा रातो लामो टिकाको साथमा चप्पल र मोजामा  अनि धोती, कुर्ता, गलामा गम्छाको साथै  हातमा लामो छाता बोकी  पान चपाउदा महानायक राजेश हमाल कस्ता देखिएलान् ?  पक्कै पनि फरक देखिएलान् उनी ।  यहि फरक पनालाई समेट्दै  आज आईतबारबाट विजय बिक्रम निर्देशित दोस्रो चलचित्र 'हात लाग्यो शून्य' को छायाकंन सुरू गरिएको छ ।

जहाँ राजेश हमाल निकै भिन्न रूपमा प्रस्तुत भएका छन् । फिल्मीखबर मार्फत एक्सक्लुसिभ रूपमा हमालको गेटअप सार्वजनिक गर्दै चलचित्रको यूनिटले फिल्म पूर्ण रूपमा कमेडीमा आधारित हुने बताएको छ । दुई दशक बढी आफ्नो  फिल्मी यात्रामा पहिलो पटक  हमाल पूर्ण रूपमा यस चलचित्रमा कमेडी साथै  कञ्जुस पात्रको भूमिकामा देखिदैछन् ।  'चलचित्रमा हमाल  निकै धनी हुन्छन् तर धनी भैकन उनी साह्रै  कञ्जुस पनि हुन्छन्'  निर्देशक बस्नेतले चलचित्रको कथा सारंशमा भने । 

फरक प्रस्तुतीमा निर्देशकले आफूलाई उतारेपछी यूनिटसँग हमाल पनि  निकै खुशी छन् । उनलाई आफ्नो पहिरन देखि लिएर सवै कुरा मन पर्‍यो तर एक कुरामा भने उनले केही असन्तुष्ट ब्यक्त गरेका छन् । असुन्तुष्टी हो चलचित्रमा मधेसी मूलको पात्रको रूपमा रहेका हमालले पान खानु पर्ने दृश्य छ जुन कुरा उनलाई मन पर्दैन । 'बीस बर्ष भयो पानको स्वाद आफूलाई थाहा छैन । यो नखुवाएको भए पनि हुने' सुटिङ्गको समयमा उनी भन्दै थिए ।

 

बिवाह बर्तमानमा अनि अक्कल झुक्कल पहिले पान खान्थे रे उनी तर सुटिङ्गको दौरानमा पहिलो पटक हमालले आईतबार पान खाएका हुन् । कस्तो लाग्यो नि बीस बर्ष पछिको  स्वाद भन्ने फिल्मीखबरको प्रश्नमा उनले ठट्यौली शैलीमा भने,  'बोकाले चरे जस्तै ।' 

आगामी एक महिना भित्र छायाकंन सकिने बताईएको उक्त चलचित्रमा यस अघि कुनै नेपाली चलचित्रमा प्रयोग नगरिएको बेली डान्स प्रयोग गरिदैछ । विश्व नेपाल प्रस्तुतकर्ता रहेको उक्त चलचित्रलाई श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा शुभ/कृष्मा पराजुली, भगवती नेपाल  र लक्ष्मी  क्षेत्रीले निर्माण गर्न लागेका हुन् ।  विकास चौधरीको संगीत, राम/जनकको द्धन्द्ध, लोकचन्द्र थापाले क्यामेरा चलाउने उक्त चलचित्रमा राजेशका अलवा नायिका कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकार मुख्य भूमिकामा छन् ।