मिति : २०८१ कार्त्तिक १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वरलाई लडाउन राजनीति

फिल्मीखबर, काठमाण्डौ, 2011/01/31

नयाँ पुस्तालाई समेटेर निर्माण गरिएको फरक धारको चलचित्र स्वरको ब्यापारमा धक्का पुर्‍याउन विभिन्न पक्षले राजनीति गरिरहेको निर्देशक प्रसन्न पौडेलले आरोप लगाएका छन् ।

गएको शुक्रबार देखि उपत्यका बाहिर प्रदर्शन भै रहेको उक्त चलचित्रको थप प्रोमोशनका लागि पुनः देश दौडाहमा निस्किएको स्वर यूनिटले यो समय दर्शक प्रतिक्रिया लिनुको साथै ब्यापारको प्रत्यक्ष जानकारी समेत लिईरहेको छ । तर विभिन्न सिनेमा भवनका सञ्चालकलाई केही व्यक्तिले हातमा लिएर आफ्नो फिल्मको ब्यापारमा धक्का पुर्‍याउने व्यवहार  देखाएको प्रसन्नको आरोप छ ।  निर्देशक पौडेलले नयाँ पुस्ताको सफलतालाई नरूचाउने पूराना व्यक्तिले  फिल्मलाई अल्झाउने प्रयास समेत गरेको बताए ।

यस्तै एक चर्चित नायकले राजबल्लभ कोइरालाको विरूद्धमा  केही वितरकहरूसँग लविङ्ग गरी विभिन्न हल सञ्चालकलाई आफ्नो हातमा लिई  स्वरलाई असफल बनाउन अभियान समेत सुरु गरेको श्रोतको भनाई छ । तर ती हिरोसँग राजले अहिलेसम्म कुनै फिल्ममा सँगै  काम  गरेका छैनन् ।  स्वरमा राजबल्लभ मुख्य भुमिकामा छन् । चलचित्रमा राजको अभिनय तगडा भएको रिपोर्ट थाहा पाए पछी  ती नायकले राज बिरूद्ध अभियान सुरू गरेको गोप्य जानकारी फिल्मीखबरलाई प्राप्त भएको हो  । ती नायकले राजको सफलता हेर्न नचाहेको कारण त्यस्तो अभियान सुरू गरेको स्रोतको दावी छ ।

यस्तै सोमबार  सम्मको रिपोर्ट अनुसार स्वरको ब्यापार राम्रो  रहेको वितरक डीजीटल सिनेमा नेपालका मार्केटिङ्ग प्रमुख दीपक दंगालले जानकारी दिएका छन् ।  उपत्यकामा भने आगामी शुक्रबार देखि रिलिज हुने सो चलचित्रको मुख्य टिम अहिले चितवनमा छ । को हुन त एउटै उद्योगमा काम गरिरहेका  ती नायक जसले आफू सँगैका नायकको विरूद्धमा अभियान सुरू गरिरहेका छन् ? यसको पर्दाफास चाडै हुने छ ।
 

Most Visited News (monthly)