कुनै पनि चलचित्रको प्रेस सो वा प्रिमियरलाई फरक पना दिन नयाँ कुरामा चलचित्रकर्मीले प्राथामिकता दिने गर्दछन् । कसैले केक काट्ने गरेका छन् भने कसैले राजनीतिक फिगरका तथा चर्चित ब्यक्तिहरूलाई उपस्थित गराएर प्रिमियरको शोभा बढाउने गर्दछन् । तर बुधबार राजधानीको जय नेपाल सिनेमा भवनमा प्रसन्न पौडेल निर्देशित पहिलो चलचित्र 'स्वर'ले छुट्टै प्रक्रियाले आफ्नो प्रेस शो आयोजना गरेको छ ।
विभिन्न चलचित्रकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त प्रेस सो पश्चात स्वर टिमले आकासमा आतिसबाजी अर्थात पटका पडकाउने काम गरेरे चलचित्र उद्योगमा नयाँ स्र्टाईल भित्राएको हो । हाल सम्म यसरी प्रेस शोमा आतिसबाजी गर्ने काम कुनै पनि चलचित्रको प्रिमियर र प्रेस शोमा गरिएको थिएन् । उपस्थित पाहुँनालाई आर्श्चर्य दिने हिसावले गरिएको उक्त आतिसबाजीको सवैले प्रशंसा समेत गरेका थिए । गएको शुक्रबारबाट राजधानी बाहिरका सिनेमा भवनमा प्रदर्शन भैरहेको उक्त चलचित्र आगामी शुक्रबार देखि राजधानी भित्रिदैछ । जस अनुरूप स्वरको प्रेस शो आतिसबाजी सहित बुधबार साझ भिन्न तरिकाले गरिएको हो ।
एमआरएस मुभिजको व्यानरमा मनिष राजभण्डारी, रवि लामा तथा सुरेन बलामीको संयुक्त निर्माणमा बनेको सो चलचित्रमा संगीतमा रूची राख्ने एक युवकको कथालाई प्रस्तुत गरिएको छ । जसमा राजबल्लभ कोइराला मुख्य भूमिकामा छन् । यस्तै उनी सहित नव प्रस्तुतीमा केकी अधिकारी पनि राजको पेयर भएर अभिनय गरेकी छिन् । साथै चलचित्रमा नव प्रस्तुतीकै रूपमै रिमा विश्वकर्मा, बेनिषा हमाल, एसराज, जोएस पाण्डे, अमित पोखरेलको साथमा तृप्ती नाड्कार सहित सुनिल थापालाई पनि मुख्य भूमिकामा देख्न पाईन्छ । चलचित्र हेरिसकेपछी निर्देशक प्रसन्नको पहिलो ब्याटिङ्गलाई अधिकाशंले प्रशंसा गरेका थिए ।
मिति : २०८१ कार्त्तिक १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
स्वरको प्रेस शोमा आतिसबाजी
फिल्मीखबर, काठमाण्डौ, 2011/02/02
- नेपाली फिल्मका कालजयी गीत, जुन तिहारको पर्याय बने
- नीताले किन गर्न सकिनन् ‘ह्रस्व दीर्घ’ निर्देशनको आँट ?
- ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’को डरले सर्यो ‘फिरफिरे फिरिरी’
- प्रदीपलाई लिएर फिल्म ‘सत्यवीर’ बन्ने
- ‘मोहर’ र ‘मायाका रंगहरू’बाट हटेका छैनन् पल
- प्रदर्शनमा उत्रियो ‘पूर्ण बहादुरको सारङ्गी’, कस्तो होला ओपनिङ ?
- नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’ ट्रेलरमा के छ ?
- मुरलीधर भन्छन्, ‘समीर सुपरस्टार भएर जन्मियो’
- ‘पूर्ण बहादुरको सारङ्गी’लाई मल्टीप्लेक्समा सुखद् शो, तिहार विदाको फाइदा उठाउला ?
- रमेशको निष्कर्ष : ‘अब राजाको विकल्प रहेन’
Most Visited News (monthly)
- बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो
- ६० लाखको भिडियोमा साम्राज्ञी
- दशैंका तीन फिल्म : ‘छक्का पञ्जा ५’लाई उच्च सोज, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’लाई कति ?
- क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’लाई गर्यो ‘सुपरहिट’ घोषणा
- अमेरिकामा दुई अभिनेत्रीको लफडा, भएको के हो ?