ए.बि म्यूजिक एण्ड फिल्म प्रोडक्सन प्रालिद्धारा प्रकाशित सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक, तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले तेस्रो पटक आयोजना गर्न लागेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' माघ २२ गते अर्थात पर्सी शनिबार हेटौडामा सुरू हुने भएको छ ।
चलचित्र लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धीत कालकारहरूलाई साथमा लिएर आयोजना हुन लागेको उक्त प्रतियोगितामा रंगपत्रकारहरूपनि मैदानमा ओर्लन छन् । हेटौडाको हुप्राचौर रंगशालाबाट पहिलो गेम सुरू हुने उक्त लिगमा बिजय हुने प्रथम टिमलाई नगद रू ३ लाख र द्वत्तियलाई २ लाख प्रदान गरिने छ । लिगको पहिलो खेलमा रंगपत्रकार र गायक/गायिका, दोस्रो माघ २८ गते शनिबार धरान रंगशालामा चलचित्र निर्माता र मोडिङ्ग क्षेत्रका ब्यक्ति, फागुन ६ गते तेस्रो गेममा काभ्रेको बनेपा स्थित चाईना टाउनमा टेलिचलचित्रका कलाकार र चलचित्रका निर्देशक, फागुन १४ गते एन्फा क्लब बुटवलमा चलचित्र कलाकार र नृत्यकार मैदानमा भिड्ने छन् ।
यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट चार हुने टिमको सेमिफाईनल फागुन २१ गते शनिबार पोखरा रंगशाला र काठमाण्डौको सानो गौचरणमा २८ गते हुदैछ । साथै सेमिफाईनलमा उत्कृष्ट हुने दुई टिमको फाईनल खेल चैत २५ गते रामनवमीका दिन दशरथ रंगशालामा भब्यताका साथ आयोजना हुने छ । यस्तै हेटौडामा हुने पहिलो खेलमा सहभागी हुन पत्रकार र गायक/गायिकाको टोली भोली शुक्रबार त्यसतर्फप्रस्थान गर्ने कार्यक्रम रहेको सो लिगका संयोजक एव सञ्चारकर्मी आर.के. सुबेदीको भनाई छ ।
मिति : २०८१ कार्त्तिक १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
बक्स अफिस फिल्म फुटबल लिग शनिबारबाट
फिल्मीखबर, काठमाण्डौ, 2011/02/03
- नेपाली फिल्मका कालजयी गीत, जुन तिहारको पर्याय बने
- नीताले किन गर्न सकिनन् ‘ह्रस्व दीर्घ’ निर्देशनको आँट ?
- ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’को डरले सर्यो ‘फिरफिरे फिरिरी’
- प्रदीपलाई लिएर फिल्म ‘सत्यवीर’ बन्ने
- ‘मोहर’ र ‘मायाका रंगहरू’बाट हटेका छैनन् पल
- प्रदर्शनमा उत्रियो ‘पूर्ण बहादुरको सारङ्गी’, कस्तो होला ओपनिङ ?
- नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’ ट्रेलरमा के छ ?
- मुरलीधर भन्छन्, ‘समीर सुपरस्टार भएर जन्मियो’
- ‘पूर्ण बहादुरको सारङ्गी’लाई मल्टीप्लेक्समा सुखद् शो, तिहार विदाको फाइदा उठाउला ?
- रमेशको निष्कर्ष : ‘अब राजाको विकल्प रहेन’
Most Visited News (monthly)
- बक्स अफिसमा आक्रामक ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’, व्यापारमा ‘ज्वाइँ साब’ पनि राम्रो
- ६० लाखको भिडियोमा साम्राज्ञी
- दशैंका तीन फिल्म : ‘छक्का पञ्जा ५’लाई उच्च सोज, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’लाई कति ?
- क्यूएफएक्सले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’लाई गर्यो ‘सुपरहिट’ घोषणा
- अमेरिकामा दुई अभिनेत्रीको लफडा, भएको के हो ?