मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीकृष्णको रिवन कटाई २४औँ

फिल्मीखबर, काठमाण्डौ, 2011/02/04

करिब सात बर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठले पहिलो पटक  सिन्धुपाल्चोकको एक निम्न माध्यमिक विद्यालयको रिवन काटेर उद्धघाटन गर्ने मौका पाएका थिए । त्यसपछी विभिन्न शैलुन, पार्लर लगायतका नयाँ ब्यवसायिक स्थानलाई प्रमुख अतिथि भएर उद्धघाटन गर्न उनलाई पछिल्ला समयमा निकै निम्ता आउने गरेका छन् । जस अनुरूप शुक्रबार पनि यिनलाई यस्तै मौका जुर्‍यो जुन मौकामा उनको रिवन कटाईको संख्या थियो २४औँ ।

शुक्रबार अपरान्ह काठमाण्डूको बागबजार स्थित मल्टीस्टार रेकर्डिङ्ग स्टुडियोको उद्धघाटन गरे पश्चात यि अभिनेताले भने 'यो मेरो २४औ रिवन कटाई  हो ।'  टाईसुटमा ठाटिएर २४ औँ नम्बरको रिवन काट्न उपस्थित भएका अभिनेता श्रेष्ठले सो स्टुडियोको पूरै अवलोकन गरेका थिए । यस्तै अवलोकनसँगै उनले ओम जय गुरू श्रीगणेशाय नमः भनेर आफ्नो अवाजलाई रेकर्ड समेत गराए ।

 

रेकडिष्ट सुरेश मान संगामीको २५ लाख लगानीमा स्थापना गरिएको सो स्टुडियोमा फाईभ प्वाईन्ट वान सराउन्डीङ्ग सिस्टममा   गीत रेकर्डिङ्ग, डबिग तथा ब्यागराउन्ड स्कोरको सुविधा प्रदान गर्न सकिने सञ्चालक संगामीको भनाई छ ।


यस्तै पछिल्लो समय उद्धघाटन लगायतका  विभिन्न कार्यक्रममा आफ्नो सक्रियता बढाउन थालेका  श्रेष्ठ आगामी शुक्रबार सिन्धुपाल्चोकको देउरालीमा पुगीमा त्यहाँको गाँउमा पहिलोपटक बत्ती बाल्ने काम गर्दैछन् ।  सो  बत्ती बाल्ने उद्धघाटन  समारोहमा   यिनको रिवन कटाई  २५ औँ नम्बरको हुने छ । देउरालीमा बिजुली  पुर्‍याउने काममा श्रेष्ठ सक्रिय भएर लागेका थिए जस अनुरूप सो स्थानका बासिन्दाले उनको हातबाट गाँउलाई उज्यालो पार्ने भएका हुन् ।