स्वर्गीय एमाले जननेता मदन भण्डारीको प्रेरणा र नीतिमा आधारित चलचित्र मदन भण्डारी माई लिर्डर नामक चलचित्र निर्माण हुने भएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता केपी ओलीले सो फिल्म निर्माण हुने घोषणा गरेका हुन् । कोरस फिल्मस स्टुडियो प्रालि तथा जनपक्षीय चलचित्रकर्मी संघको प्रस्तुती रहने सो चलचित्रमा मदन भण्डारीद्धारा कम्युनिष्ट आन्दोलनमा प्रयोग गरिएका नीतिहरूलाई आधार मानेर मनोरञ्जनात्मक ढङ्गमा फिल्म निर्माण गरिने यूनिटको भनाई छ । सो चलचित्रलाई राजन राईले निर्देशन गर्ने भएका छन् । जसमा हरिहर शर्मा, देशभक्त खनाल, उत्तम केसी, शुभेच्छा थापा लगायतका कलाकार मुख्य भूमिकामा रहने बताईएको छ ।
पूर्णरूपमा स्वर्गीय नेता भण्डारीको ब्यक्तिगत जीवनमा आधारित भएर कथा तयार गरिएको सो चलचित्रको छायाकंन एक महिना पछी सुरू गरिने निर्देशक राईको भनाई छ ।
मिति : २०८१ मंसिर ८, शनिवार
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-
मदन भण्डारीको प्रेरणामा फिल्म
फिल्मीखबर, काठमाण्डौ, 2011/02/05
- १८ वर्षपछि बन्ने भयो ‘भागम भाग’को सिक्वेल
- ‘परालको आगो’मा गौँथली बन्दै सुहाना
- कहिले रिलिज हुन्छ ‘बलिदान’ ?
- ‘ह्रस्व दीर्घ’बाट नीताले देखेको २१ करोड
- प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’
- फेरि ‘सिलसिला’ बन्ने, हुने छैनन् विराज र रेखा
- ‘अग्निदहन’ प्रिमियिर : ‘बोक्सी कुप्रथाविरुद्धको सशक्त आवाज’
- ‘सारङ्गी’ र ‘ह्रस्व दीर्घ’को दबदबाबीच ‘तेल भिसा’ले कति पायो शो ?
- प्रदीप रावतलाई ‘ह्रस्व दीर्घ’को सिक्वेल पनि खेल्ने इच्छा
- स्पेनी भाषामा डबिङ भएर अमेजन प्राइममा आउँदै ‘गोर्खा : बिनिथ द ब्रेभरी’