मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शासनको विशेष शो

फिल्मीखबर, काठमाण्डौ, 2011/02/08

लामो समयपछी कलिउड ब्याक भएका सोल्टिनी हिरो लोकेन्द्र कार्कीले निर्माण गरेको चलचित्र शासनको मंगलबार साँझ भब्य रूपमा विशेष शो आयोजना गरिएको छ ।



हलिउड र बलिउडका  मात्रै चलचित्र प्रदर्शन गर्दै आएको काठमाण्डूको कमलपोखरी स्थित बीग सिनेमामा पहिलो पटक नेपाली चलचित्र शासनले स्क्रिनङ गर्ने मौका पाएको हो । आगामी शुक्रबार देखि काठमाण्डू उपत्यकाका १५ र बाहिरका केही सिनेमा भवनमा एक साथ प्रदर्शन हुने उक्त चलचित्रको विशेष शोमा आन्तरिक कारणले केही साता देखि विदेशमा रहेकाले चलचित्रका निर्देशक आकास अधिकारी तथा नायिका रेखा थापा र भर्खरै मात्र लामो समयको मुम्बाई बसाईपछी नेपाल फर्किएकी अर्की नायिका संचिता लुइटेल अनुपस्थित थिए ।


पहिलो पटक बीग सिनेमामा नेपाली चलचित्र हेर्न पाएका चलचित्रकर्मी तथा  सञ्चारकर्मी केही खुशी भएपनि लोडसेडिङ्गको कारण पटक पटक देखिएको प्राविधिक समस्याले बीग सिनेमाको सुविधामा अधिकाशंले प्रश्न चिन्ह उठाएका थिए । इन्टरनेश्नल मुभि मेकिङको व्यानरमा निर्माण भएको सो चलचित्रमा लोकेन्द्र, रेखा र  सञ्चिताको अलवा निर शाह, सम्राट सापकोटा, धिरेन शाक्य, हरिहर शर्मा, सुभद्रा अधिकारीलगायतले अभिनय गरेका छन् ।



शम्भुजित बाँस्कोटाको उत्कृष्ट संगीतमा बसन्त श्रेष्ठको नृत्य निर्देशन समावेश सो चलचित्रलाई शिव ढकालले छायाकंन गरेका हुन् । चलचित्र हेरिसकेपछी उपस्थित सञ्चारकर्मी एवं कलाकारले मिश्रीत प्रतिक्रिया दिएका थिए । पछिल्लो चरणमा नेपाली चलचित्रको ब्यापार खस्किरहेको बेला यस चलचित्रले कस्तो ब्यापार गर्ला यो भने चासोको बिषय बन्न सक्छ । यसर्थ यसको निर्णय आगामी शुक्रबार देखिको रिलिज पश्चात चलचित्रकर्मीका भगवान अर्थात दर्शकले अबश्य  प्रत्यक्ष नतिजा दिनेछन् ।