मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुलाकीले हैरान करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2011/02/09

नायिका करिष्मा मानन्धरलाई फरक गेटअपमा चलचित्रको पर्दामा उतारेर उनको सुन्दरतामा निखार ल्याउने थुप्रै चलचित्रकर्मी छन् । यहि क्रममा सुरज सुब्बा 'नाल्बो' ले पनि चलचित्र 'सायद' मा उनलाई केहि फरक गेटअपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

 

राजधानीमा छायाँकन भईरहेको सो चलचित्रमा बिशेष भुमिकामा देखिन लागेकी करिष्मालाई फरक लुक्स दिन नृत्यनिर्देशक गोबिन्द राईले नाकमा बुलाकी र नथिया लगाउन आग्रह गरे र निर्देशकको आग्रहलाई करिष्माले सहर्ष स्विकारिन् । तर उनलाई के थाहा बुलाकी लगाउन कत्तिको गार्हो हुन्छ भनेर ।

 

जब चलचित्रमा राखिएको डेउडा गितमा नाच्न बुलाकी र नथिया लगाएर स्पटमा उत्रिन अनि त उनलाई बुलाकी घाँडो नै भयो । उनी बारम्बार आफ्नो हात नाकको टुप्पोमा झुण्डिएको बुलाकीलाई समाई रहन्थिन् । फिल्मीखबरले हात किन खाली नाकको टुप्पो ? भनि प्रश्न गर्दा नायिका करिष्माले जीवन मै पहिलो पटक बुलाकी लगाएकोले निकै अफ्ठ्यारो महसुस भएर हात लग्नु परेको बताइन् ।

 

करिष्माले १० मिनेटको समयका ५० पटक भन्दा बढि आफ्नो हात नाकको टुप्पोमा झुण्डिएको बुलाकी समाउन पुग्थिन् । बुलाकी आफूलाई निकै घाँडो भएपछि एक पटक त उनी रिसाएर मिल्ने भए फाल्दिने समेत बताईन् तर चलचित्रको गीतले बुलाकी नै मागे पछि उनको पो के नै लाग्थ्यो र ?

 

पहिलो पटक डेउडा गीतमा नाचेकी करिष्मालाई बुलाकीले गर्दा अर्को पटक डेउडा गीतमा नाच्न एक पटक सोच्नै पर्ने बनाईदिएको छ । जति नै दु:ख पाए पनि नायिका करिष्माको त्यो दिन भने अविष्मरणिय पक्कै हुनेछ ।