राजधानीका बिभिन्न स्थानमा छायाँकन भईरहेको चलचित्र 'सायद' को टाईटललाई फिल्मीखबरले निकै ध्यान दिएर हेर्यो । सुरज सुब्बा निर्देशित सो चलचित्रको टाईटल अन्य चलचित्रको नाम भन्दा भिन्न देखेपछि हामीले निर्देशक सुब्बाको क्रियशनको तारिफ पनि गर्यौं । नामको शुरूका तीन अक्षर अंग्रेजी र अन्तिमको दुई अक्षर नेपालीमा लेखिएको छ । जुन अन्य चलचित्रको नाम भन्दा केहि पृथक छ ।
बिगतमा बिदेशी चलचित्रबाट प्रभावित भएर कथा लेखे पनि पछिल्लो समयमा बिशुद्व नेपाली कथा लेख्ने गरेको दाबी गर्ने सुब्बाले चलचित्र बाटो मुनिको फूल निर्देशन गरेर चर्चा पनि राम्रै पाए । उनको कथा लेखन मात्र हैन निर्देशन क्षमताको पनि धेरैले खुलेर प्रशंसा गरे । अहिले उनले निर्देशन गरिरहेको चलचित्र 'सायद' बाट पनि उनले राम्रै चर्चा पाएका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सो चलचित्रको कथा बिसुद्व नेपाली रहेको र चलचित्रले नयाँ पन बोकेको बुझिएको छ ।
अब कुरा गरौं निर्देशक सुब्बाको क्रियशनको । सानै देखि लागेको बानी छुट्न गार्हो हुन्छ भन्ने उखान आज तिनै निर्देशक तथा लेखक सुब्बाको जीवनमा चरितार्थ बनेको छ । यानकी सुब्बाको सानै देखिको चोर्ने बानी अझै छुटेको रहेनछ । प्रसङ्ग हो त्यही नयाँ पन बोकेको चलचित्र 'SAAयद' को टाईटलको ।
निर्देशक सुब्बा काठमाण्डौको बिजुली बजारमा बस्छन् । उनी बस्ने घर नजिकै एउटा पार्टी प्यालेस छ जसको नाम रहेको छ 'हुकुम पार्टी भेन्यू' । सुब्बाको घरबाट करिब सय मिटर पर रहेको सो पार्टी भेन्यूको नाम लेखाईको शैली चलचित्र सायदको नाम लेखाईको शैलीसँग हुबहु मिल्छ । कथा चोर्न त सुब्बा निकै चलाख मानिन्छन् तर नामको कन्सेप्ट चोर्न पनि उनी निकै माहिर देखिए । नपत्याए सँगैका दुई तस्विरलाई ध्यान दिएर हेर्नुस् त !
निर्देशक सुब्बा ज्यू तपाईको चोरीलाई त फिल्मीखबरले पक्रियो नि !