बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन र सम्पादन कार्य एकसाथ अघि बढिरहेको छ । गएको माघ तीन गते देखि छायाँकन शुरू भएको सो चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ भने सम्पादन कार्य पनि छायांकन सँगै अन्तिम चरणमा पुगेको छ । अहिले चलचित्रको छायाँकन काठमाण्डौका बिभिन्न स्थानमा भईरहेको छ भने सम्पादन काठमाण्डौको अनामनगरमा भईरहेको छ ।
पद्म कुमारी फिल्मसको ब्यानरमा रिमेश अधिकारी, मनोज आचार्य तथा किशोर साम्वाहाम्फेले निर्माण गरेको सो चलचित्रमा सुमन सिंह, आयुष रिजाल, मुकेश आचार्य, सोनिया केसी र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् । सम्पूर्ण छायाकंन काठमाण्डूमा गरिने सो चलचित्र फागुनको पहिलो साता सम्ममा प्याकअप गरिने निर्देशक पोखरेलको भनाई छ ।
चलचित्रमा सुमन तन्डुकारले क्यामेरा चलाएका छन् भने राम जनकको द्धन्द तथा बब्बु थापाको नृत्य र विनोद खम्बु लगायतका केही व्यक्तिको संगीत समेटिएको छ । यो चलचित्रलाई चैत्र २५ गते सार्वजनिक गरिने भएको छ । प्रदर्शनको मिती नजिकिंदै गर्दा युनिटले चलचित्रको प्रचारप्रसारलाई पनि तिब्र बनाएको छ ।