
नयिका ऋचा शर्मा र नायक बिनय श्रेष्ठ बाल स्कुलमा सक्रिय भएर लागी परेका छन् । आईतबार बालुवाटारमा किड्स केयर इन्टरनेश्नल स्कुलको शुभारम्भमा भेटिएका यि दुई कलाकार बिगत एक बर्ष देखि बाल स्कुलमा सक्रिय भएर लागेको बताए । स्कुलको सभासद एवं महिला अधिवक्ता सपना मल्ल प्रधान र पूर्वमिस नेपाल माल्भिका सुब्बाले बेलुन उडाएर उदघाटन गरेका थिए ।
करिब एक बर्ष अगाडी ललितपुरको झम्सीखेलमा किड्स केयर इन्टरनेश्नल स्कुलको स्थापना गरेको बताउँदै यी अफ स्क्रिन जोडीले त्यसपछि मानभवन र अहिले बालुवाटारमा सो स्कुलको शाखा खोलिएको बताए । सो संस्थामा नायक बिनय अप्रेशन डिरेक्टरको पद सम्हाल्दै आएका छन् भने नायिका ऋचाले मार्केटिङ हेर्दै आएकी छिन् ।
अर्न्तराष्ट्रिय स्तरको पढाई हुने बताएको सो स्कुलको छिट्टै नै काठमाण्डौमा अर्को शाखा खोलिने बताईएको छ । सो स्कुललाई निकट भबिष्यमा देशव्यापी समेत बनाईने नायक तथा संस्थाका अप्रेशन डिरेक्टर बिनयले जानकारी दिए ।