मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुष्माले मनाईन् जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2011/02/15

नायिका शुष्मा कार्कीले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । फेब्रुअरी १४ तारिख भ्यालेनटाइन डेका दिन जन्मेकी शुष्माले आफ्ना नजिकका साथी र केहि चलचित्रकर्मी माझ कालिकास्थान स्थित आफ्नै निवास जन्मदिन मनाएकी हुन् ।

 

बर्दिया जिल्ला स्थायी घर भएकी सेक्सी नायिका कार्की चलचित्र 'मेरो एउटा साथी छ' बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । नायिका कार्कीले 'तिमी मेरो म तिम्रो', 'गुरूदक्षिणा', 'भिष्मराज', 'व्याच नं १६', 'के यो माया हो' लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र 'व्याच नं १६' केहि दिनमा सार्वजनिक हुँदैछ भने 'के यो माया हो' को छायाँकन केहि दिन अगाडी मात्र सकिएको छ ।

 

भ्यालेनटाइन डे र जन्मदिन एकसाथ मनाएकी नायिका कार्कीलाई ढिलै भएपनि फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना !