मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा नेपाली चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2011/02/15

नेपाल चलचित्र निर्माता संघको पहलमा हङकङमा हरेक महिना एउटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । मंगलबार संघको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा दिईएको जानकारी अनुसार अल्पकालिन योजना अर्न्तगत महिनाको एउटा गुणस्तरिय नेपाली चलचित्र प्रदर्शनी गरिने छ ।

 

हङकङको मकालु आर एस नामक संस्था र नेपाल चलचित्र निर्माता संघ बिच भएको सम्झौता अनुसार चलचित्र प्रदर्शनबाट उठेको रकमको खर्च कटाएर चलचित्रको निर्माताले ५० प्रतिशत र प्रदर्शन गर्ने संस्थाले ५० प्रतिशत लिने छ । त्यसैगरी सम्झौता पत्रमा लेखिए अनुसार चलचित्रको प्रदर्शनका लागी निर्माता तथा निर्देशक मध्ये एक जनालाई आयोजकले हङकङ लैजाने छ । सो सम्झौता पत्रमा मकालु आर एसका प्रमुख राजु राई र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले हस्ताक्षर गरेका थिए ।

 

राम्रा चलचित्रले ग्लोबल मार्केटमा राम्रो स्थान लिनुपर्छ भन्ने उद्देश्यले निर्माता संघले यस्तो कदम चालेको संघका अध्यक्ष राजकुमार राईले जानकारी दिए । अध्यक्ष राईले यस पछि बिश्वाका करिब ६० देशमा पनि नेपाली चलचित्रलाई यसैगरी प्रदर्शन गर्ने योजना बनाएको बताए । नेपाली चलचित्रको बिकाशका लागी चालिएको सो कदममा नेपाली कला, संस्कृती तथा राष्ट्रियताको बिषयमा बनेका चलचित्रलाई पहिलो प्राथमिकतामा राखिने राईले बताए ।

 

गुणस्तरिय चलचित्र छान्नको लागी संघले छिट्टै नै चलचित्र छानबिन समिती पनि गठन गर्दै छ र सोही समितीले हरेक महिना एउटा नेपाली चलचित्रलाई हङकङ प्रदर्शनका लागी पठाउने छ । अहिले तत्काल एउटा नेपाली चलचित्र हङकङ पठाउनु पर्ने भएकाले  समिती गठन नगर्दै संघले चलचित्र 'बाटो मुनिको फूल' लाई प्रदर्शनका लागी छनोट गरेको छ । यसपछिका चलचित्रहरू भने चलचित्र छानबिन समितीले नै छनोट गर्ने भएको छ ।