नयाँ बर्षको शुरूवात सँगै प्रदर्शनको थालनी गर्ने भनिएको चलचित्र 'जिन्दगानी दर्पणछायाँ' ले बिश्वभर प्रर्दशन गर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ ।
गत सोमबार केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रका कुनै पनि संवाद र दृश्यमा कैंचि नलगाई विश्व्यापी प्रदर्शन गर्न सकिने सिफारिसको प्रमाणपत्र प्रदान गरेको चलचित्रका निर्देशक मनिष पन्थले फिल्मीखबरलाई जानकारी गराए । तत्कालिन राजदरबार हालको नारायणहिटी संग्राहलयमा पहिलो पटक छायाकंन गरिएको सो चलचित्रलाई सरिता पुरी, रोहित पुरी, स्पन्दन पन्थ तथा गिरी प्रसाद पुन (लाहुरे दाई) ले निर्माण गरेका हुन् ।
श्रीनगर फिल्मस प्रालिको व्यानरमा निर्माण भएको सो चलचित्रमा दिलीप रायमाझी, नन्दिता केसी , सन्तोष अग्रहरि र रजनी प्रधानको मुख्य अभिनय रहेको छ । निर्देशक पन्थको लेखन तथा छायाँकन रहेको उक्त चलचित्रमा बिरेन्द्र अग्रहरिको संगीत, दिनेश अधिकारीको नृत्यनिर्देशन, सानु कुमारको द्वन्दनिर्देशन तथा सुमन थापाको सम्पादन रहेको छ ।