मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिकाशलाई पनि नायिकाको टेन्सन

फिल्मीखबर, काठमाण्डौ, 2011/02/17

पछिल्लो समयमा निर्देशकहरू नवनायिकाको खोजीमा निकै तल्लिन भएर लागि परेको अवस्थामा अर्का निर्देशक बिकाश आचार्य पनि त्यहि भुमरीमा परेका छन् । यानकी उनी पनि आफ्नो नयाँ चलचित्र 'म तिम्रो भईसकें' का लागी नवनायिकाको खोजीमा छन् ।

 


फाल्गुनको अन्तिम साताबाट छायाँकन शुरू गर्ने भनिएको सो चलचित्रमाका लागी अहिले निर्देशक बिकाश नवनायिका खोजी रहेका छन् । शुरूमा नायिका ऋचा सिंह ठकुरीलाई लिने भनिएता पनि उनी अहिले बिदेशमा हराए पछि उनको विकल्प खोज्नु परेको बिकाश बताउँछन् ।  यदि नायिका ऋचा समयमै सम्पर्कमा आए उनीलाई नै लिने नत्र भने नयाँ नायिका लिने उनको भनाई छ ।

 

करिब ६ दर्जन चलचित्रका कथा लेखिसकेका बिकाशले पहिलो पटक जीवन लुईटेललाई मुख्य भुमिकामा प्रस्तुत गरेर चलचित्र नसिब आफ्नो निर्देशन गरेका थिए । त्यसपछि उनले जीवनलाई नै मुख्य भुमिकामा प्रस्तुत गरेर दोस्रो चलचित्र 'नाइ नभन्नु ल' निर्देशन गरे । यो चलचित्रले निकै चर्चा पनि पायो । त्यसपछि अहिले उनी पुन: जीवनलाई लै मुख्य भुमिकामा प्रस्तुत गरेर तेस्रो चलचित्र 'म तिम्रो भईसकें' निर्देशन गर्दैछन् ।
 

 

'नाइ नभन्नु ल' मा नायिका ऋचालाई ब्रेक दिएका बिकाशले पुन: आफ्नो तेस्रो चलचित्रमा उनलाई लिने सोचाई बनाएका थिए ।  तर बिकाशको त्यो सोचलाई नायिका ऋचा आँफैले परिवर्तन गर्न बाध्य बनाएकी छिन् । नायिका ज्यू अब तपाईंको भाग्य आफ्नै हातमा छ । बिचार गर्नुस् है !