मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिधवा भईन् रेखा

सुमन गैरे, काठमाण्डौ, 2011/02/17

गत बैशाख एक गते अर्थात २०६७ सालको पहिलो दिन नेपालको चर्चित एफ एम कान्तिपुरमा हरेक बुधबार बिहान १० बजे प्रशारण हुने फिल्मी कार्यक्रम 'बाइस्कोप' मार्फत नायिका रेखा थापाले आफू अबिबाहित भएको कुरा सार्वजनिक गरेकी थिईन् । आफूले अहिलेसम्म बिबाह नगरेको र 'Dog' जस्तै इमान्दार र हिफाजत गर्न सक्ने खालको व्याईफ्रेण्ड खोजिरहेको खुलासा गरेकी थिईन् । जुन कुरालाई फिल्मीखबरले प्रमुखताका साथ प्रकाशित गरेको थियो ।

 

अबिबाहित भएको कुरा सार्वजनिक गरेको एक बर्ष नपुग्दै नायिका थापाले अहिले आफू बिधवा भएको कुरा सार्वजनिक गरेकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत उनले आफू बिधवा भएको कुरा सार्वजनिक गरेकी हुन् । नायिका थापाले आफूले चलाउँदै आएको Rekha Thapa नामको फेसबुक अकाउण्टमा ‘विडोड’ लेखेर सबैलाई आश्चार्यमा पारेकी छिन् । चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' को राजकुमारीको पोस्टर प्रोफाईल तस्विर भएको उनको सो अकाउण्टमा 'Widowed' देख्न सकिन्छ ।

 

२०५६ सालमा छबि ओझाले निर्माण गरेको चलचित्र 'हिरो' मा रेखा मुख्य नायिका भएर अभिनय गरेकी थिईन् । त्यो चलचित्र सँगै निर्माता छबि र नायिका रेखा बिच प्रेमका मुनाहरू पलाएका थिए । हिरो चलचित्रबाट नेपाली रंगिन दुनियाँमा प्रबेश गरेकी नायिका रेखासँग छबिको  केहि बर्षमै बिबाह भएको चर्चा चलेको थियो । बर्षौं देखि यो जोडी सँगै बस्दै आएका पनि छन् र अहिले रेखाका पति छबि सकुशल नै छन् ।

 

रेखाका श्रीमान् छबि सकुशल हुँदा हुँदै रेखाले आफू बिधवा भएको खुलासा गर्नुको अर्थ के ? कि त रेखाले छबिको जीवनबाट टाढिने सोच बनाएको हुनुपर्छ कि त उनले यो भन्दा अगाडी अर्कैसँग बिहे गरेर ती व्यक्ति यस संसारबाट बिदा भएएको हुनुपर्छ । यदि यसो हैन भने रेखाले किन आफू बिधवा भएको कुरा लेखिन् त ? यो प्रश्नलाई निकै गम्भिर रूपमा लिन सकिन्छ ।

 

Facebook link

www.facebook.com/profile.php