नायिका रेखा थापाले सामाजिक संजाल फेसबुकमा आफू बिधवा भएको कुरालाई फिल्मीखबरले समाचार बनाएर सम्प्रेशण गरेको दुई घण्टा बित्न नपाउँदै उनले त्यो स्टाटस परिवर्तन गरेर अहिले आफू सिङ्गल रहेको कुरा अपडेट गरेकी छिन् ।
फिल्मीखबरमा प्रकाशित भएको समाचारमा अधिकांशले रेखालाई गाली गरेपछि उनले ‘विडोड’ अर्थात बिधवालाई हटाएर सिङ्गल बनाएको बुझिएको छ । उनले रिलेसनसिपमा सिङ्गल भनेर अपडेट गरेपछि यो समाचार तयार पारूञ्जेल सम्म सो स्टाटसमा २५ जनाले लाईक गरेका छन् भने ४२ जनाले कमेन्ट गरेका छन् । बेला बेलामा परिवर्तन हुने उनको स्टाटसको चाला देखेर अधिकांशले उनलाई गाली समेत गरेका छन् ।
पाठकको गाली सहन नसकेर हो या आफ्ना पति छबि ओझाको गाली सहन नसकेर हो उनले बिधवालाई हटाएर सिङ्गल त बनाईन् तर बिबाहिता यि नायिकाले किन स्टाटसमा 'म्यारिड' भनेर राख्दिनन् ? यो प्रश्न निकै बिचारणनिय छ ।