करिब एक बर्ष देखि नेपाल टेलिभिजन प्लसमा प्रसारण भईरहेको फिल्मी कार्यक्रम 'एक्सन कट' कि प्रस्तोता तथा नवनायिका सम्पदा बाँनियाले एक्सन कटको आयोजनामा आफ्नो जन्मदिन मनाईन् ।
आईतवार साँझ राजधानीमा चलचित्र निर्माता तथा निर्देशक दिपक खाँड र अर्का निर्माता दिपक रमणको उपस्थितीमा उनले आफ्नो २० औं जन्मदिन मनाएकी हुन् । दिपक खाँडको चलचित्र 'सलाम छ मायालाई' बाट रजतपटमा प्रवेश गरेकी सम्पदा सम्पदाको जन्मदिनको अवसर पारेर निर्माता दिपक रमणले आफूले बैशाखमा निर्माण गर्न लागेको चलचित्र 'क्रिमिनल' मा सम्पदालाई नायिका बनाउने घोषणा समेत गरे । सरप्राइज गिफ्ट स्वरूप सम्पदालाई आफ्नो चलचित्रमा नायिकाको रूपमा बनाउने निर्णय गरेको निर्माता रमणले बताए ।
जन्मदिनमा नायिकाको गिफ्ट पाएकी सम्पदालाई फिल्मीखबरको तर्फबाट हार्दिक बधाई र जन्मदिनको शुभकामना !