मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यु सिस्टम खारेजीको माग गर्दै सर्वोच्चमा उजुरीको तयारी

फिल्मीखबर, काठमाण्डौ, 2011/02/23

क्यु सिस्टम अन्त्य गरी स्वतन्त्र रूपमा फिल्म चलाउनु पाउनुपर्ने मागसहित निर्माता दिपक रमणको नेतृत्वको एक टोलीले केहि दिन भित्रमा सर्वोच्च अदालत र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्ने भएका छन् ।

 

संसारभरबाट नै क्यु सिस्टम हटिसकेको अवस्थामा नेपालमा पनि यो सिस्टम हटाउनु पर्ने भन्दै निर्माता रमण सहितका करिब ४० जना निर्माताहरूले क्यु सिस्टम खारेजीको माग गर्दै सर्वोच्च अदालत र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्ने तयारी गरेको बुझिएको छ । यस अघि यि निर्माताहरूले चलचित्र बिकास बोर्डमा भने उजुरी दर्ता गराई सकेका छन् । केहि दिन अगाडी जधानीका हलमा प्रदर्शनमा आएको चलचित्र गंगाजल क्यु तोडी रिलिज गरिएकाले अब क्यु सिस्टम अन्त्य गरी स्वतन्त्र रूपमा फिल्म चलाउनु पाउनुपर्ने मागसहित उनीहरूले बिकास बोर्डमा उजुरी दर्ता गराएका हुन् ।

 

क्यु सिस्टमले निर्माताहरू मारमा परेकाले स्वतन्त्र रूपमा फिल्म चलाउन पाउनुपर्छ भन्दै उजुरी दर्ता गराएको निर्माता दिपक रमणले बताए । चलचित्र विकास बोर्डले क्यु सिस्टमको बारेमा चासो नदेखाएपछि आफूहरूले  सर्वोच्च अदालत र जिल्ला प्रशासन कार्यालयको ढोका ढकढकाउनु परेको रमणको भनाई छ । 'क्यू सिस्टम तोड्ने बित्तिकै मैले आफ्नो चलचित्र प्रदर्शन गर्नेछु', रमणले फिल्मीखबर समक्ष भने । 'क्यू सिस्टम बाहेकको अन्य च्यानलबाट प्रदर्शन हुने चलचित्र नयाँ हुन्छ्न् जसले गर्दा निर्मातालाई पनि समयमै चलचित्र प्रदर्शन भएर समयमै पैसा आउँच तर हामी दुई तीन बर्षसम्म कुर्छौं न हामीलाई व्याज आउँछ नत चलचित्रले राम्रो व्यापार नै गर्छ । त्यसैले आजका दिनबाट नै क्यू सिस्टम हट्नु पर्छ', निर्माता रमणले बताए ।
 

 

'बासी खाना खाने हो भने कसैलाई पनि फाईदा पुर्‍याउँदैन त्यसैले २ बर्ष सम्म पालो कुरेर बस्दा चलचित्रको हरेक पक्ष बासी अर्थात पुरानो हुन्छ जसले गर्दा दर्शकलाई त्यो चलचित्र मन नपर्न सक्छ । त्यसैले हाम्रो चाहना भनेको दर्शकलाई फ्रेस खाना खुवाउनु नै हो' एक निर्माताले भने । क्यू सिस्टम भएपनि बलबुताको भरमा चलचित्र चलाउने प्रथा रहेकोले यसको कुनै औचित्य नरहेको एक पिडित निर्माता बताउँछन् ।