नृत्यनिर्देशक दिनेश अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । २९ बर्षिय यि अधिकारीले धरानको किराँत पार्कमा गत सोमबार तेर्हथुम घर भएकी पुष्पा निरौलासँग मागी बिबाह हरेका हुन् ।
तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र 'दर्पणछायाँ' बाट रजतपटमा प्रवेश गरेका नृत्यनिर्देशक अधिकारीले श्रीमतीलाई आफ्नै गृहनगर झापामा भित्र्याएका छन् । उनकी श्रीमती पुष्पा स्नातक तहमा अध्यनरत छिन् । दर्पणछायाँ, लहना, दुई किनारा, जीन्दगानी दर्पणछायाँ, तोड, मृगतृष्णा लगायतका करिब ५० चलचित्रमा नृत्यनिर्देशक भई काम गरेका छन् ।
अधिकारीले बिगत केहि बर्षदेखि राजधानीमा 'राजधानी कला केन्द्र' नामक डान्स सेन्टर समेत चलाउँदै आएका छन् भने आफ्नै लगानीमा चलचित्र 'भैहाल्छ नि' को समेत निर्माण समेत गर्दैछन् । नृत्यनिर्देशक अधिकारी र पुष्पा निरौला बैबाहिक जीवनमा गाँसिएको सुखद उपलक्ष्यमा फिल्मीखबर डटकम परिवार उहाँहरुको शुखद दाम्पत्य जीवनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।