सालको पात टपरी गाँसेर...र चलचित्र बसमा छैन यो मनको शिर्ष गीत 'बसमा छैन यो मन...' सञ्चार माध्यममा निकै चर्चित बन्यो तर सोही गीतमा स्वर दिने गायिका आस्था रावत भने हिट हुन सकिनन् । गायिका आस्थाको स्वर सुनेर मन्त्र मुग्ध नहुने सायदै कोही छैन होला र पनि यि गायिकालाई भाग्यले कहिल्यै साथ दिएन ।
कोही व्यक्तिसँग राम्रो कला छ र उसलाई भाग्यले साथ दियो भने त्यो व्यक्ति रातारात हिट पनि हुनसक्छ तर कला मात्र भएर भाग्यले साथ नै नदिएपछि कस्को के नै लाग्दो रहेछ र ! आस्था संगीतको दुनियाँमा प्रवेश गरेको लामो समय भईसक्यो । उनले थुप्रै सुमधुर गीत पनि गाईसकेकी छिन् तर दुर्भाग्य उनले गाएका अधिकांश गीतहरू सार्वजनिक हुन नपाउँदै त्यसै हराएर गएका छन् ।
केहि बर्ष अगाडी आस्थाले सञ्चारकर्मी दिनेश डिसीले निर्देशन गर्ने भनिएको चलचित्र 'मायाज बार' को लागी एक गीत गाईन् । सुरेश अधिकारीको संगीतमा उनले रेकर्ड गराएको गीत एक टेलिभिजन कार्यक्रमले रिपोर्टको बनाएर प्रसारण गर्यो र गीत निकै हिट पनि भयो । तर दुर्भाग्य सो चलचित्रको अहिले सम्म पनि छायाँकन हुन सकेको छैन । यस्तै सुरेशदर्पण पोखरेलले निर्देशन गरेको चलचित्र 'कस्लाई दिउँ यो जोवन' मा पनि आस्थाले 'झ्याईं पारौं यसपाली' बोलको निकै सुमधुर गीत रेकर्ड गराईन् । तर भाग्यले ठगिएकी आस्थाको सो गीत चलचित्रमा समावेश गरिएन र रेकर्ड गराईएको गीत रेकर्डमै सिमित रहन पुग्यो । निर्देशक दर्पणका अनुसार चलचित्रको छायाँकनका बेला नायिका सौजन्य सुब्बा घाईते भएपछि उनले अभिनय गर्ने भनिएको गीतको छायाँकन गर्न नसकिएकोले चलचित्रमा सो गीत समावेश गर्न नसकिएको बताए । निर्देशक दर्पणले गीत राम्रो हुँदा हुँदै पनि चलचित्रमा समावेश गर्न नसक्दा निकै दु:ख लागेको बताए ।
यता डिजे सन्तोषको एल्बम एडिक्सन २ का सबै गीतका म्युजिक भिडियो बने र सञ्चारमाध्यममा निकै चर्चित पनि भए तर सोही एल्बममा आस्थाको स्वर रहेको 'सालको पात टपरी गाँसेर...' बोलको गीतको भने म्युजिक भिडियो बन्न सकेन । भुषण दाहालले निर्देशन गर्ने भनिएको सो गीतको म्युजिक भिडियो बिबिध कारणले छायाँकन हुन सकेन । आस्थाको स्वर त चल्यो तर उनको अनुहार भने चल्न सकेन । त्यसैगरी योगेश घिमिरेले निर्देशन गरेको चलचित्र 'औजार' मा पनि गायिका आस्थाले एउटा गीत गाएकी थिईन् । करिब दुई बर्ष अगाडी तयार भएको सो चलचित्र अहिले सम्म प्रदर्शनमा आउन सकेको छैन् । सो चलचित्रको गीतले चर्चा पाउला भन्ने आस्थाको आश अहिले निराशामा बदलिएको छ । किनकी यो चलचित्र रिलिज हुने हो या नहुने को केही अत्तो पत्तो छैन ।
यस्तै निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको चलचित्र 'हो यहि हो माया' मा पनि आस्थाले एक गीतमा स्वर दिएकी छिन् । करिब दुई बर्ष अगाडी छायाँकन गरिएको सो चलचित्रको पनि अहिलेसम्म केहि अत्तो पत्तो छैन । जसले गर्दा आस्थालाई ओझेलमा पार्न यो चलचित्र पनि अग्रपंक्तीमा नै पर्छ । चलचित्रमा गाएका गीत त रिलिज भएनन् भएनन् । केहि दिन अगाडी मात्र फिल्मी कार्यक्रम रजतपटको बार्षिकोत्सवमा गीत गाउने तयारी गरेकी यि गायिकाले अन्तिम समयमा आएर गीत गाउन पाईनन् ।
रजतपटको पाँचौं बार्षिकोत्सवको अवसरमा गायिका आस्थाले चलचित्र 'मायाज बार' मा आफूले गाएको गीत गाउन भनि ट्र्याक बनाएर केहि दिन गाउने अभ्यास समेत गरेकी थिईन् तर अन्तिम समयमा उनलाई फुड प्वाईजन भएपछि उनको गीत गाउने सपना सपनामै सिमित रहन पुग्यो । यसरी आफूसँग राम्रो प्रतिभा हुँदा हुँदै पनि भाग्यले साथ नदिएपछि ओझेलमा परेकी गायिका आस्था आजभोली केहि फ्रस्टेड भएको बुझिएको छ ।
'बाह्र वर्षमा खोलो पनि र्फकन्छ' भन्छन् तर भिन्न स्वरकी धनी गायिका आस्थाको जीवनमा भने यो भनाइ मित्थ्या सावित भएको छ । भनिन्छ नि, 'बरू चरेश खानु तर हरेश कहिल्यै नखानु' । त्यसैले आस्था जि जीवनमा यो उखानलाई मनन गर्दै आफ्नो प्रतिभालाई नमार्नु । एकदिन पक्कै पनि तपाईले सफलता प्राप्त गर्नुहुनेछ । फिल्मीखबर डटकम तपाईको सफलताको लागी शुभकामना व्यक्त गर्दछ ।
गायिका आस्था रावतले चलचित्र 'भूल भए माफ गर' मा आएको गीतको एक टुक्रा