म्युजिक भिडियो हुँदै चलचित्र 'वान डे' मार्फत रजतपतमा पाईला टेकेकी नायिका उषा रजक र 'बिश्वास' चलचित्रबाट पाईला अगाडी बढाएकी अर्की नायिका कृती भट्टराई केहि बर्षको बिश्राम पश्चात पुन: चलचित्रमै आउने सोच बनाएको बुझिएको छ ।
लक्ष्मण रिजालको चलचित्र 'वान डे' मा अभिनय गरे लग्गतै उषाले गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण गरिएको चलचित्र 'कुसुमे रूमाल' मा अभिनय गरिन् । त्यसपछि उनको अभिनय क्षमता हेरेर उनलाई थुप्रै चलचित्रमा अफर नआएको हैन र पनि उनी केहि समयको लागी यस क्षेत्रबाट टाढिईन् । एक बिदेशी नागरिकसँग बैबाहिक जीवनमा गाँसिए पछि चलचित्र क्षेत्रबाट टढिएकी उषाले गत बर्ष छोरीलाई जन्मदिएकी थिईन् ।
होटल म्यानेजमेन्टमा अध्ययनरत नायिका उषा आफ्नी छोरी हुर्की सकेको हुनाले केहि समयको बिश्राम पश्चात चलचित्र क्षेत्रमा कमव्याक हुन लागेको बुझिएको छ । फिल्मीखबरलाई बिश्वसनिय शुत्रले जानकारी दिए अनुसार उषा छिट्टै नै एक फरक धारको चलचित्रमा अभिनय गर्ने सोचमा छिन् ।
यसैगरी विश्वास, उपहार, उनको सम्झनामा लगायतका केही चलचित्रमा अभिनय गरेकी अर्की नायिका कृती भट्टराई पनि कसैले राम्रो चलचित्रका लागी अफर गरे अभिनय गर्ने सोचमा रहेको बुझिएको छ । सञ्चारकर्मी समेत रहेकी कृती पनि पारिवारिक कारणले गर्दा चलचित्र क्षेत्रबाट टाढिएकी हुन् । पत्रकारितामा स्नातकोत्तर गरिरहेकी नायिका तथा सञ्चारकर्मी कृती हाल ईमेज एफएममा कार्यरत छिन् ।
सञ्चारकर्मी रवि श्रेष्ठसँग करिब तीन बर्ष अघि बैबाहिक जीवनमा गाँसिए पछि उनको पनि चलचित्र यात्रामा पूर्ण बिराम लागेको थियो । तर अब उनी पारिवारिक झमेलामा नपरी चलचित्रमा नै आउने सोच बनाएको बुझिएको छ ।
राम्रो चलचित्रको प्रतिक्षामा बसेकी यि नायिकाद्वय रजतपटमा आउनु पक्कै पनि खुसीको कुरा हुनेछ । कोही निर्देशक कुशल नायिकाको खोजीमा हुनुहुन्छ भने यि दुई नायिका चलचित्रमा कमव्याक हुन लागेका छन् । त्यसैले यि नायिकाहरूको बारेमा एक पटक सोच्ने पो हो की ?