कुनै समय ‘च’ अक्षरका प्रेमी निर्माता चिरञ्जिबि बस्नेत 'भ' प्रेमी हुँदै अहिले 'म' प्रेमी भएका छन् । निर्माता बस्नेतले 'च' अक्षरबाट आउने चोर, चण्डाल, चलचित्र, चमत्कार जस्ता चलचित्र निर्माण बनाएको केहि बर्षपछि उनलाई छाडेर 'भ' को पछि लागेका हुन् ।
निर्माता बस्नेतलाई एक ज्योतिषीले उनलाई 'भ' अक्षरबाट चलचित्रको नाम राख्नु भनेपछि उनी ज्योतिषीको पछि लागेर भागी भागी नजाउ, भिष्मराज र भुल्नै सकिन शीर्षकमा तीनवटा चलचित्र बनाए । भागी भागी नजाउ चलचित्रले अपार असफलता कमाएपछि चिरञ्जिबीले ज्योतिषीको भनाईलाई बेवास्त गर्दै उनले भुल्नै सकिन नामलाई परिवर्तन गरेर मैले भुल्नै सकिन नाम बनाए । जुन चलचित्र यहि फाल्गुन १८ गते राजधानी बाहिरका हलहरूबाट प्रदर्शनमा आउँदै छ ।
शिबरात्रीको अवसर पारेर सार्वजनिक गर्न लागिएको सो चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । एक्सन र रोमान्सले भरिएको चलचित्र 'मैले भुल्नै सकिन' मा बिराज भट्ट, जेनिसा केसी र धिरेन शाक्यको मुख्य भुमिका रहेको छ । सिबि फिल्म्सको व्यानरमा निर्माण गरिएको सो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ ।