मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकतान्त्रिक चलचित्रकर्मी संघ गठन

फिल्मीखबर, काठमाण्डौ, 2011/02/26

शनिबार राजधानीको नयाँ बानेश्वर स्थित नोबेल कलेजमा बसेको डेमोक्रेटिक चलचित्रकर्मीको भेलाले लोकतान्त्रिक चलचित्रकर्मी संघ गठन गरेको छ । नेपाल सांस्कृतिक संघको आयोजनामा भएको सो भेलाले सांस्कृतिक संस्थानका महाप्रबन्धक नरेश पौड्यालको संयोजकत्वमा सात सदस्यिय तदर्थ समिती चयन गरेको छ ।


नेपाली कांग्रेस समर्थित सो संघमा संयोजक पौड्यालको साथमा शान्ति प्रिय, सुरेश दर्पण पोखरेल, जयप्रकाश रिजाल, प्रज्ञा जोशी, सन्दिप सापकोटा, सम्झना उप्रेती रौनियार गरी ६ सदस्य मनोनित भएका छन् । आज गठन भएको तदर्थ समितीले छिट्टै नै अधिवेशन गरि नयाँ कार्यसमिती चयन गर्ने भएको छ । संघको तदर्थ समिती गठनसँगै कार्यक्रममा बर्तमान अवस्थामा नेपाली चलचित्रको व्यवसाय धरापमा पर्नुको कारण र त्यसको समाधानका बारेमा छलफल गरिएको थियो ।

 

युवा सोचका आधारमा नेपाली चलचित्रलाई पुन: परिभाषित गरि नेपाली चलचित्रको उत्थान र बिकासका लागि संघले आधिकारीक संगठनको रूपमा कार्य गर्ने संयोजक नरेश पौड्यालले बताए । भेलामा करिब ५० चलचित्रकर्मी तथा पत्रकारको उपस्थिती रहेको थियो । यस अघि माओवादी समर्थित अखिल नेपाल चलचित्रकर्मी संघ र एमाले समर्थित जनपक्षिय चलचित्रकर्मी संघ गठन भईसकेको भएपनि कांग्रेस समर्थित लोकतान्त्रिक चलचित्रकर्मी संघ भने आज आएर गठन गरिएको हो ।