सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' मा अभिनय गर्न शनिबार साँझ काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री मोनिका वेदी आइतबारै सुटिङका लागि पोखरा गएकी छिन् ।
महानायक राजेश हमाल, सुनिलदत्त पाण्डे, निखिल उप्रेतीको साथमा भारतिय अभिनेत्री मोनिका वेदीले अभिनय गर्न लागेको सो चलचित्रको निर्देशन आकाश पाण्डेले गर्दै छन् । चलचित्रको करिब २५ दिनसम्म नेपालमा नै छायाँकन गरिने बताईएको छ । चलचित्रमा निखिल र मोनिका जोडीका रूपमा प्रस्तुत हुने बताइएको छ ।
सञ्जय नरेन्द्रको र सुरेश सुमनको प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको छायाँकन नेपालमा सकिए लगत्तै युनिट थप छायाँकनका लागी युनिट बैङकक जाने भएको छ ।