रानिमहल फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको कुमाल जातीको चलचित्र ‘दोभान’ आगामी शनिबारबाट प्रदर्शनमा आउने भएको छ । सो चलचित्रले सन्तोष चलचित्र मन्दिरबाट आफ्नो प्रदर्शनी थाल्दैछ ।
कुमाल समुदायको संस्कृती, रहनसहन र परम्परामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रलाई ईश्वर नेपालले निर्देशन गरेका हुन् । पाल्पा जिल्लाको १२ गाविस र तानसेन नगरपालिकाको केही भागमा बसोबास गर्दै आएको लोपन्मुख कुमाल जातीकोले मनाउने चाड पर्व, जन्म, मृत्युको संस्कारलाई चित्रण गरिएको चलचित्रमा कुमाल जातिले नाच्ने पाल्पाली कौडा गीतलाई पनि समेटिएको निर्देशकले जानकारी दिए ।
चलचित्रमा अनिल थापा, संगीता बस्याल, मिनुज राना, कुमारी थापा, ईश्वर नेपाल, विजय लक्की, पार्वती थापा लगायतका अधिकॉश पाल्पाली कलाकारको अभिनय रहेको छ । तारादेबी बस्याल, निरु नेपाल, कृष्ण पुनः र अमर कौशलको निर्माण रहको चलचित्रको पाल्पाको घोरबन्दा, मगरान, असारे साथै गुल्मी, अर्घाखांची, रुपन्देहीका विभिन्न भागमा चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रमा सन्तोष बस्यालको संगीत/छायांकन, राजु खनालको नृत्य, राजुराज सोनीको द्धन्द्ध र सुमन थापाको सम्पादन रहेको छ ।