मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'डेस्टिनेशन काठमाण्डू' शुरू

फिल्मीखबर, काठमाण्डौ, 2011/02/28

महानायक राजेश हमालसहित थुप्रैजनालाई चलचित्र मार्फत चिनाउने श्रेय पाएका दीपक निर्देशक रायमाझिले आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'डेस्टिनेशन काठमाण्डू' को निर्देशन गरिरहेका छन् । हाल राजधानीका बिभिन्न स्थानमा छायाँकन भईरहेको दिपकको १६ औं चलचित्र 'डेस्टिनेशन काठमाण्डू' लाई कलात्मक र वास्तविकतामा उतार्न उनले नेपाली कला, संस्कृति र सभ्यतालाई चलचित्रको पर्दामा उतार्दै छन् ।

 

ग्ल्यामर निर्देशकको परिचय बनाएका दिपकले यस चलचित्रमा ग्ल्यामर र एक्सनका दृश्यलाई भन्दा पनि वास्तविकलाई पर्दामा उतार्न सम्झौता नगर्ने उनको भनाई छ । जनपुकार मिडिया हाउस प्राली र सनराइज इनभेस्टमेन्ट ग्रुप प्रोडक्सन (अष्ट्रेलिया) को संयुक्त लगानीमा बन्दै गरेको सो चलचित्रमा अष्ट्रेलियन नायिका सराह मावे, दिलिप रायमाझी, झरना थापा, आरपी पन्त, शुष्मा कार्की, रवि गिरी, सुभेच्छा थापा, रवि खड्का, नरेन्द्र थापा लगायतका केहि बिदेशी नागरिकले अभिनय गर्दैछन् । अष्ट्रेलिया र नेपालमा छायाँकन गरिने सो चलचित्रमा पहिलो पटक महिला प्रोसक्सनको जिम्वेवारी कलाकार शुष्मा कार्कीले लिएकी छिन् ।

 

एकजना विदेशी युवती र ठमेलतिर डुल्ने गन्धर्वको प्रेमकथालाई मुख्य बिषय बनाईएको सो चलचित्रमा गन्धर्वको सारङ्गीबाट निस्कने धूनसँगै काठमाडौंको उपत्यकाभित्र छरिएको कलात्मकताले ति विदेशी युवतीलाई कसरी लठ्ठ पार्छ भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको निर्माता महेश कुवँरले बताए । निर्माता कुवँरका अनुसार चलचित्रको ६० % भागको छायाँकन नेपालमा र बाँकी अष्ट्रेलियामा गरिने छ ।

 

नेपालमा छायाँकन सके लग्गतै थप छायाँकनका लागी अष्ट्रेलियन नायिका सराह मावे, नायक दिलिप रायमाझी, निर्माताद्वय महेश कुवँर र सरद अधिकारी, कलाकार आरपी पन्त, निर्देशक दिपक रायमाझी, क्यामेराम्यान राजुबिक्रम थापा, असिस्टेन्ट क्यामेराम्यान र साउण्ड इन्जिनियर प्रदिप उपाध्याय गरि आठ जनाको युनिट अष्ट्रेलिया जाने भएको छ । अष्ट्रेलियाका क्याफे, समुन्द्रि तट, एयरपोर्ट, सडकलगायतका स्थानमा करिब १० दिन छायाँकन गरेर युनिट नेपाल फर्कने निर्माताको भनाई छ ।

 

आगामी अगस्ट महिनामा प्रदर्शन गर्ने लक्ष्य राखिएको सो चलचित्रलाई अंग्रेजी भाषामा सबटाईटल गरिने भएको छ । चलचित्र टुरिजम पर्यटन बर्ष २०११ लाई पनि लक्षित गरेर निर्माण गरिएको बताईएको छ ।