मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चलचित्रमा काम गर्न उत्साहित सराह

सुमन गैरे, काठमाण्डौ, 2011/03/01

अष्ट्रेलियन नायिका सराह मावे काठमाण्डौमा छायाँकन भईरहेको नेपाली चलचित्र 'डेस्टिनेशन काठमाण्डू' मा अभिनय गर्नमा व्यस्त छिन् । 'सेभेन्थ हन्टिङ', 'भेनगार्ड' र 'न्यूटनस् थर्ड ल' गरी तीन अंग्रेजी चलचित्रमा अभिनय गरिसकेकी सराह 'डेस्टिनेशन काठमाण्डू' का लागि अष्ट्रेलियाबाटै अडिसन दिएर नेपाल आएकी हुन् ।

 

पहिलो पटक नेपाल आएकी यि नायिका नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित देखिएकी छिन् । उनी भन्छिन्, 'म निकै उत्साहित छु र उत्तिकै नर्भस पनि भएकी छु ।' करिब एक साताको समयमा धन्यबाद, नमस्ते, आमा, चिन्ता नगर्नु, हैन, बाई बाई जस्ता केहि नेपाली भाषा सिकी सकेकी नायिका सराह नेपाली भाषा पूर्ण रूपमा जान्न निकै उत्साहित छिन् । उनी भन्छिन्, 'एक सातमा धेरै नै सिकें जस्तो लागेको छ । १ महिना नेपाल बसें भने नेपाली भाषा धेरै सिक्छु होला ।' गार्‍हो भाषा भएपनि मेहनत गर्न खोज्नेलाई यो भाषा सहज हुने उनको भनाई छ ।

 

चलचित्रका निर्देशक दिपक रायमाझीले उनलाई चलचित्रका संवादहरू रोमनमा लेखेर घोक्न लगाएका छन् । रोमनमा लेखेर पढ्न सहज हुने भएकोले निर्देशकले उनलाई रोमनमा पढ्न लगाएका हुन् । अहिले उनी 'डेस्टिनेशन काठमाण्डू' का स्क्रिप्ट रोमनमा पढ्ने गरेकी छिन् । कडा मेहनत गर्न निकै रूचाउने यि नायिकाले नेपाली चलचित्रमा राम्रो अभिनय गरेर देखाउनु आफ्नो लागी च्यालेञ्ज रहेको बताईन् ।

 

नेपालका अन्य निर्माताले अफर गरे अभिनय गर्न इच्छुक नायिका सराहले फिल्मीखबर समझ 'डेस्टिनेशन काठमाण्डू' राम्रो काम गरेर देखाउने बाचा नै गरेकी छिन् । उनले भनिन्, 'मैले आफ्नो तर्फबाट सक्दो मेहनत गर्नेछु र मौका पाए अन्य नेपाली चलचित्रमा पनि अभिनय गर्नेछु ।' उनको काम प्रतिको लगाव र कडा मेहनत देखेर चलचित्रको युनिट निकै खुसी छ । उनीसँगै अभिनय गरेकी नायिका झरना थापा पनि यि नायिकाको काम देखेर आफू सन्तुष्ट रहेको बताईन् । झरनाले भनिन्, 'उनी आफ्नो काम प्रति निकै चिन्तित देखिन्छिन् ।'

 

नेपाली चलचित्रकर्मीसँग काम गर्दा निकै रमाईलो भएको बताउने सराहले आफूसँगै अभिनय गरेका नायक दिलिप रायमाझी निकै मन परेको बताईन् । उनले दिलिपलाई सोधिन्, 'आर यू पपुलर आर्टिस्ट इन नेपाल ?' दिलिपले हाँस्दै जवाफ फर्काए, 'नो, आई एम नट ।' त्यसपछि सराहले थपिन्, 'उ लायर।' दिलिपको काम देखेर निकै खुसी भएकी सराह नायिका झरना थापाको पनि प्रशंसा गर्न चुकिनन् । यि कलाकार मात्र नभएर नेपाली चलचित्रमा काम गर्ने हरेक व्यक्ति प्रोफेस्नल र निकै मेहनती रहेको उनले बताईन् ।

 

अष्ट्रेलियामा रहँदा नेपाली चलचित्र 'गड लिभ्स इन हिमालयज' हेरेकी सराहले नेपाली कला र संस्क्रिती आफूलाई निकै मन पर्ने बताइन् ।  उनले भनिन्, म नेपालको कला र संस्क्रितीको बारेमा जान्न निकै उत्साहित छु ।' छोटो समयका लागी नेपाल आएकी सराह अर्को पटक नेपाल आउँदा बुद्व जन्मेको स्थान लुम्बिनी, सगरमाथा सहित अन्य स्थानमा जाने बताइन् ।