मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला सशक्तीकरणको बारेमा आवाज

फिल्मीखबर, काठमाण्डौ, 2011/03/01

चलचित्र विकास बोर्ड र ग्रुप फोर प्रोडक्सनले सोमबार राजधानीमा चलचित्रकर्मी महिलाको सशक्तीकरणमा राज्य तथा निजी पक्षको भूमिकाका बारेमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा  चलचित्रकर्मीहरुले महिला सहभागिता बढाई सशक्तीकरण गर्न राज्य र निजी क्षेत्रबाट प्रोत्साहन गर्नुपर्ने माग उठाएका छन् ।

 

कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले महिला सशक्तीकरणका लागि दीर्घकालीन सोच बनाउनुपर्नेमा जोड दिएका थिए । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आफूलाई चलचित्रको बारेमा खासै जानकारी नभएपनि चलचित्रमा लगानी बढाई महिला सशक्तीकरणमा सहयोग गर्न सरकार सकारात्मक रहेको बताएका थिए । यसैगरी कार्यक्रममा बोर्डका अध्यक्ष अमर गिरीले पनि चलचित्रमा महिला सहभागिता बढाई सशक्तीकरण गर्न आफूले सक्दो सहयोग गर्ने बताएका थिए ।

 

कार्यक्रममा चलचित्रकर्मी प्रकाश सायमीले निजी क्षेत्रको भूमिकाका बारेमा र सञ्चारकर्मी बबिता बस्नेतले सरकारी भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत  गर्दै महिलाहरूको चलचित्र क्षेत्रमा आकर्षण बढ्दै गएकाले त्यसमा दुबै पक्षले प्रोत्साहन गर्नुपर्ने बताएका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै निर्देशक लक्ष्मीनाथ शर्माले सरकारले चलचित्रको विषयमा महिला सशक्तीकरणको सबाललाई प्रोत्साहन नगर्नु सम्पूर्ण चलचित्रकर्मीका लागि दुर्भाग्य भएको बताए।

 

यसैगरी कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य आरती चटौत, सभासद् सपना मल्ल प्रधान र बिन्दा पाण्डे, अभिनेत्रीहरू वसुन्धरा भुसाल, ऋचा घिमिरे, दीपाश्री निरौलालगायतले महिला सशक्तीकरणको बारेमा बोलेका थिए ।