मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्‍यो ब्याच नम्बर १६

फिल्मीखबर, काठमाण्डौ, 2011/03/01

साईलेन्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ब्याच नम्बर १६ को प्रदर्शन मिती पुन: सरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र कसम अहिले देशका ठूला ठूला हलहरूमा प्रदर्शन भईरहेको र यो चलचित्रको प्रदर्शन मिती अर्को सातासम्म लम्बिने भएकोले ब्याच नम्बर १६ को प्रदर्शन मिती सारिएको बुझिएको छ ।
 

 

दुई प्रहरीको मित्रता र सम्बन्धको बिषयबस्तुमा आधारित रहेर निर्माण गरिएको सो चलचित्रको प्रदर्शन मिती दुई पटक सारिएको हो । यस अघि यो चलचित्र फाल्गुन १३ गते सार्वजनिक गरिने भनिएको थियो र बिबिध कारणले चलचित्रको प्रदर्शन मिती २० गते सारिएको थियो । चलचित्रमा पारिबारिक घटनाक्रम, मित्रता देखि देशप्रेमसम्मका बिषयलाई सामेटिएको निर्माण युनिटले जनाएको छ ।

 

नवनिर्देशक पीताम्बर पाण्डेको निर्देशनमा बनेको सो चलचित्रमा सुमन सिँह, रबी भट्टराई, अर्पण थापा, सुस्मा कार्की, अनुप बराल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रेनेसा राईको नृत्य­निर्देशन तथा सुगम पोखरेल, विक्रान्त श्रेष्ठ र किचमान चित्रकारको संगीत रहेको छ ।