मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोकाले चलचित्र चलाईने

फिल्मीखबर, काठमाण्डौ, 2011/03/01

मोफसलका हलहरूमा अग्रपंक्तीमा गनिने हल मध्येको एक हो पोखराको बिन्ध्वाबासिनी हल । करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवाले २०४३ सालबाट सञ्चालनमा ल्याएको सो हलमा निर्माताहरू चलचित्र चलाउन तछाडमछाड गर्छन् । तछाडमछाड नगरुन् पनि किन ? मोफसलका हलहरूमा सबैभन्दा बढि व्यापार गर्ने हलमा बिन्ध्वाबासिनी एक नम्बरमा नै पर्छ ।

 


बिन्ध्वाबासिनी हलसँगै श्रीकृष्ण र बाराही हल पनि सञ्चालनमा आएको सो मल्टिप्लेक्स हलले केहि बर्ष अगाडी निर्माताहरूलाई राम्रै पैसा दिंदै आएको थियो । तर अहिले देशभरका हलहरूसँगै यस हलमा पनि खडेरी नै लागेको छ । पछिल्लो समयमा चलचित्रको व्यापार राम्रो नभएपछि चिन्तित देखिएका हल सञ्चालक उत्तम दुवाले गत शुक्रबार चलचित्रले राम्रो व्यापार गर्छकी भनेर हलकै प्राङगढमा ६८ केजीको बोका चढाए । हुनपनि उनले सोचे जस्तै भयो ।

 


शुक्रबार बोका चढाएपछि शनिबार चलचित्र 'कसम' ले अत्याधिक राम्रो व्यापार गर्यो । बोका चढाएको दिन देखि अहिलेसम्म पनि सो चलचित्रको व्यापार राम्रो रहेको दुवाको भनाई छ । दुवा भन्छन्, 'खै बोका चढाएर नै होला अहिले चलचित्रको व्यापार पछिल्लो समयको भन्दा राम्रो छ ।'
 

 

चलचित्रको व्यापार राम्रो नभएको अवस्थामा दुवाले बोका चढाएर चलचित्रको व्यापार राम्रो भएको नै हो भने अन्य हल सञ्चालकहरूले पनि एक पटक बोका चढाएर हेर्ने हो की ? कतै तपाईको हलमा पनि चलचित्रको व्यापार राम्रो भैहाल्छ कि ? एकपटक मज्जाले सोच्नुस् तर ढिला नगर्नुस् है !