मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुगें भट्टराईलाई इन्टरनेट मोह

फिल्मीखबर, काठमाण्डौ, 2011/03/02

बिसं २०३८ सालतिर एक पाकिस्तानी चलचित्रमा काम गरेर आफ्नो फिल्मी करियर शुरू गरेका उद्दवराज भट्टराई अर्थात जुँगे भट्टराईलाई इन्टरनेटको मोहले छोएको छ । उनी केहि दिन भित्रमा घरमा इन्टरनेट जोड्ने सुरमा छन् ।

 

केहि समय अगाडी फिल्मीखबर डटकमसँग इन्टरनेटको बारेमा निकै जिज्ञासु भएर बुझ्ने कोसिस गरेका जुँगे भट्टराईले मंगलबार फिल्मीखबर डटकमसँगको दोस्रो भेटमा इन्टरनेटको बारेमा केहि कुरा बुझेकोले घरमा छोरालाई किनिदिएको ल्यापटपमा इन्टरनेट जोड्न लागेको बताए । उनले भने, 'तपाईसँग भेटेपछि मलाई पनि इन्टरनेट जोड्न मन लाग्यो । छोराले पनि सिक्ने मैले पनि सिक्ने ।' 'क्या नाम, टिभी त सधैं हेरिन्छ अब नयाँ कुराको बारेमा पनि त बुझ्न पर्‍यो नि' उनले थपे ।

 

कक्षा १० मा अध्यनरत उनका जेठा छोरासँगै इन्टरनेट चलाउन सिक्ने भट्टराईले बताए । आफूले चाहेको बेला समाचार पढ्न पाईने भएकोले इन्टरनेटको मोह जागेको उनको भनाई छ । इन्टरनेट जोडेपछि हरेक दिन फिल्मीखबर डटकम लगअन गर्न नभुल्ने उनको भनाई थियो ।

 

फिल्मीखबरसँग इन्टरनेटको बारेमा गफिएका जुँगे भट्टराईले इन्टरनेटमा समाचार, तस्विर हेर्न पाईने कुरा मात्र हैन उनले नक्कली तस्विर बनाएर दुरूपयोग गर्छन् भन्ने कुरा समेत बुझेका रहेछन् । फट्टफुट्ट अंग्रेजी बोल्ने यि वृद्द कलाकार, कलानिर्देशक तथा ड्रेसम्यान जुँगे भट्टराईले भने, 'क्या नाम ओर्जिनल फोटोमा अर्काको डुप्लिकेट फोटो जोड्छन् रे नि !'

 

चलचित्र 'सन्तान' मा ड्रेस म्यानको काम गरि नेपाली चलचित्र क्षेत्रमा आफ्नो पाईला अगाडी बढाएका जुँगे भट्टराईले अहिले सम्म करिब २०० चलचित्रमा ड्रेसम्यान, कला निर्देशक तथा कलाकार भई काम गरिसकेका छन् । नेपाली चलचित्रमा इफेक्टको प्रयोग गर्ने पहिलो व्यक्ति आफू नै रहेको उनको भनाई छ ।