अहिले तपाईंले नायक सुमन सिंहलाई हालखबर कस्तो छ भनि प्रश्न गर्नु भयो भने उनको ठाडो उत्तर हुनेछ, 'ठिक छैन ।' ठिक पनि होस् कसरी ? उनले अभिनय गरेका अधिकांश चलचित्र असफल भएको बेला निकै आश गरिएको चलचित्र 'व्याच नं १६' प्रदर्शन मिती नजिकिंदै गरेको छ भने अर्को चलचित्र 'कसम' भने प्रदर्शन भईरहेको छ ।
लगातार चलचित्र असफल भईरहेको अवस्थामा सुमनकै भरमा अडिएको चलचित्र 'व्याच नं १६' लाई दर्शकले मन नपराई दिने हुन् कि भन्ने डरले उनको निद हराम भएको छ । मन भन्छन्, 'कसमले राम्रो सफलता पाएकोले केहि हदसम्म चिन्ता दूर भए पनि 'व्याच नं १६' कस्तो होला भन्ने डर लागेको छ ।' व्याच नं १६ सफल हुनेमा ढुक्क भएपनि डर भने लाग्ने उनको भनाई छ ।
यदि केहि कारणवस चलचित्र 'व्याच नं १६' असफल भएमा सुमनलाई अहिलेसम्म कै दु:खको दिन हुनसक्छ । यदि सो चलचित्र सफल भयो भने उनलाई अहिले सम्मकै खुसीको दिन हुनेछ । त्यसैले यदि तपाईं नायक सुमन सिंहलाई खुसी देख्न चाहनुहुन्छ भने तपाईले एक पटक 'व्याच नं १६' हेर्नै पर्ने हुन्छ ।