मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हात लाग्यो शून्यको गाडी तोडफोड

फिल्मीखबर, काठमाण्डौ, 2011/03/03

महाशिबरात्रीमा लठ्ठिएका केहि व्यक्तिहरूले बुधबार साँझ चलचित्र हात लाग्यो शून्यको गाडी तोडफोड गरेका छन् । बुटवलबाट चलचित्रको छायाँकन सकेर काठमाण्डौ फर्कने बेलामा चितवनको रामनगर स्थित जिरो किलो भन्ने स्थानमा केहि युवाहरूले नशाको शुरमा गाडी तोडफोड गरेको चलचित्रका निर्देशक बिजयबिक्रम बस्नेतले फिल्मीखबरलाई जानकारी दिए ।

 

गाडीतोड फोड गरेपछि गाडीमा बसेका दुई स्पट व्यायहरू घाईते भएका छन् । एक जनाको टाउकोमा र अर्कोको खुट्टामा चोट लागेको निर्देशकले बताए । यसैगरी तोडफोड गरेपछि गाडीको सबै सिसा फुटेको बताईएको छ । गाडि तोडफोड गरेपछि प्रहरीले सो गाडीलाई स्कटिङ गरि मुग्लिङ सम्म ल्याएको निर्देशक बताउँछन् । गाडी तोडफोड गर्ने व्यक्तिहरू अहिले फरार रहेको निर्देशकको भनाई छ ।

 

विश्व नेपाल प्रस्तुतकर्ता रहेको उक्त चलचित्रलाई श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा शुभकृष्मा पराजुली, भगवती नेपाल  र लक्ष्मी  क्षेत्रीले निर्माण गरेका हुन् । विकास चौधरीको संगीत, रामजनकको द्वन्द्व, लोकचन्द्र थापाको छायाङ्कन रहेको उक्त चलचित्रमा राजेश हमाल, कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

 

माघ १६ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको छायाँकन २९ दिनमा सकिएको निर्देशकले बताए ।काठमाण्डौ, बुटवल, भैरहवा र पाल्पाका रमणिय स्थलमा छायाँकन गरिएको सो चलचित्रमा महानायक मधेसी कन्जुस पात्रको भुमिका प्रस्तुत भएका छन् ।