मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मि मंगले' को प्रिमियर

फिल्मीखबर, काठमाण्डौ, 2011/03/04

मिराकल फिल्मस्को ब्यानरमा बिरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि मंगले' को शुक्रबार बिहान प्रिमियर गरियो । राजधानीको जमल स्थित बिश्वज्योती सिनेमा घरमा आयोजना गरिएको सो प्रिमियरमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

 

तीन वर्षअघि नै मोफसलमा प्रदर्शनमा आएर राम्रै चर्चा कमाएको सो चलचित्र शुक्रबारबाट राजधानीका १४ सिनेमा घरहरूमा प्रदर्शन भएको छ । किशोर राना मगरले निर्देशन गरेको सो चलचित्रमा वीरेन श्रेष्ठ, अरूणिमा लम्साल, रेखा थापा, दिवस उप्रेती, गोपाल भुटानी, शक्ति पण्डित, अन्जु महर्जन, राकेश लामा, पुकार भट्टराई, सपना श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

त्रिपक्षिय प्रेमकथा र हाँस्यव्यङ्गमा आधारित नेपाली मौलिक चलचित्र भनिएको चलचित्र 'मि मंगले' मा युगेश रायमाझीको पटकथा र संवाद रहेको छ । चलचित्रमा गायक प्रमोद खरेल र राम कार्कीले संयुक्त सङ्गीत दिएका छन् । गत बर्ष उपत्यका बाहिर प्रदर्शन भएर सफलता पाएको सो चलचित्रले गत बर्षको केटिभी चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक, सहअभिनेता, पाश्र्व संगीत, बाल कलाकार, हास्य कलाकार र संवाद गरि ६ बिधामा अवार्ड हात पारेको थियो ।