मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टिटिभी अवार्ड बितरण फागुन २८ गते

फिल्मीखबर, काठमाण्डौ, 2011/03/04

नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेफ्टा अवार्डको चौथो संस्करण आगामी फागुन २८ गते हुँदैछ । ३१ विधामा अवार्ड प्रदान गरिने सो समारोह राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुँदै छ ।

 

केटिभी नेफ्टा अवार्डले चिनिएको सो अवार्ड अब टिटिभी अवार्ड हुने भएको छ । कारण गएका तीन बर्ष कान्तिपुर टिभीले प्रस्तुत गरेको सो अवार्ड समारोहलाई यस बर्ष तराई टिभीले प्रस्तुत गर्दैछ । अवार्डमा २०६६ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका २८ नेपाली चलचित्र प्रतिस्पर्धामा छन् । 

 

कार्यक्रममा ४५ जना चर्चित कलाकारलाई विभिन्न प्रस्तुतिका साथ मञ्चमा उतारिने आयोजक नेपाल चलचित्र प्राविधिक संघका महासचिव मनोज केसीले जानकारी दिए । अहिले ती कलाकारहरू नाचघरमा आ-आफ्ना प्रस्तुतीलाई आकर्षक बनाउन रिहर्सल गरिरहेका छन् । समारोहमा नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने एकजना चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नरेश भट्टराईले गरेका छन् ।

 

गत बर्षको नेफ्टा केटिभी अवार्डमा नायक भुवन केसीको चलचित्र ' म तिमी बिना मलिहाल्छु' ले सर्वोत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, छायांकन, गायक, ड्रेस डिजाइन, द्वन्द्व-निर्देशन, पटकथा र सम्पादन गरी नौ वटा अवार्ड हात पारेको थियो ।