मिति : २०८२ वैशाख ७, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मालतीले हात झिक्यो

फिल्मीखबर, काठमाण्डौ, 2011/03/04

आगामी चैत्र २५ गते सार्वजनिक हुने भनिएको चलचित्र 'मालतीको भट्टी' अन्तत: सो दिन सार्वजनिक नहुने भएको छ । चलचित्रको वर्तमान अवस्थाको बिग्रंदो व्यापारलाई मध्यनजर गर्दै चलचित्रको रिलिज डेट केहि पछि सारिएको निर्माता प्रदिप उदयले फिल्मीखबरलाई जानकारी दिए ।

 


चलचित्रको अबको प्रदर्शन मिती तय भईनसकेको बताउने निर्माता उदयले पहिला आफ्नो चलचित्रलाई बिदेश र नेपालमा च्यारिटी शो गरेपछि मात्र सार्वजनिक प्रदर्शन गर्ने जानकारी दिए । निर्माता उदयका अनुसार छिट्टै नै यो चलचित्रको नेपालका करिब २५ स्थानमा च्यारिटी गरिंने तयारी भईरहेको छ । यसै गरी अष्टेलिया, हङकङ र अमेरिकामा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भईरहेको निर्माता उदयले बताए ।

 


काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'मालतीको भट्टी' लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेको सो चलचित्रमा रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी, अयुव केसी, सुनील थापालगायतको अभिनय रहेको छ । चलचित्रमा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, रेनाशा राईको नृत्यनिर्देशन तथा कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ भने चलचित्रको सहायक निर्देशक मोडल सुसान खड्का हुन् ।