मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैङकक र राराको सपना बुन्दै गोदावरीमा 'मलाई मन पर्‍यो'

फिल्मीखबर, काठमाण्डौ, 2011/03/06

चलचित्र 'मलाई मन पर्‍यो' का दुई गीत बैङककमा गर्ने भनि निर्माता रमेशजंग रायमाझीले कलाकारलाई निकै खुसी बनाए । तर भिसाको समस्या देखिएपछि उनले सो स्थानलाई पोस्टपोण्ड गरेर रारामा छायाँकन गर्ने योजना बनाए । रारामा पनि छायाँकन गर्न समस्या देखिएपछि करिब ५ महिनासम्म चलचित्रको छायाँकन अबरूद्व भयो । बैङकक र रारामा गर्ने भनिएको सो गीतको छायाँकन अन्तत: ललितपुरको गोदावरी, हात्तिवन रिसोर्ट र धुलिखेल रिसोर्टमा गरिंदै छ ।


चलचित्रको लगानी उठ्न नसकिरहेको अवस्थामा बजेट बढाएर चलचित्र बनाउनु अर्थ नरहेको भन्दै खर्च घटाउन काठमाण्डौ वरपरकै रमणिय स्थानमा चलचित्रका गीतहरूको छायाँकन गरिएको निर्माता रायमाझीले बताए । ललितपुरको गोदावरीमा शुक्रबारबाट छायाँकन शुरू गरिएको चलचित्रको शिर्ष गीतमा नायिका निरूता सिंहसँग दुई नायक जीवन लुईटेल र राजबल्लभ कोईराला कम्मर मर्काई मर्काई नाचे । डा कृष्णहरी बरालको शब्द तथा शम्भुजित बाँस्कोटा संगीतमा रीमा गुरूङ र सन्तोष लामाले स्वर दिएको सो गीतमा प्रदिप श्रेष्ठले  निरूतासँग जीवन र राजलाई नचाएका हुन् ।




चलचित्रमा पाँच गीत समावेश गरिएको छ । जसमा तीन गीतको छायाँकन भईसकेको छ भने बाँकी दुई गीतको छायाँकन शुक्रबारबाट शुरू गरिएको छ । गीतको छायाँकनसँगै चलचित्रको डबिङ कार्यपनि अन्तिम चरणमा पुगेको निर्देशक भद्र भुजेलले जानकारी दिए । हिमालयन फिल्म्सको ब्यानरमा निर्माण भएको सो चलचित्रमा जीवन लुईटेल, राजबल्लभ कोईराला, निरूता सिंह, मिथिला शर्मा, सुष्मा कार्की, विजय देउजाको साथमा साल्भिका रायमाझी र रुजन फुँयालले बालकलाकारका रूपमा अभिनय गरेका छन् । चलचित्रको कथा बिकाश आचार्यले लेखेका हुन् ।