मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिष्माले देखाउन चाहेको या बिर्सेको ?

फिल्मीखबर, काठमाण्डौ, 2011/03/07

अभिनेत्री करिष्मा मानन्धर आईतवार एकछिन् निकै अत्तालिईन् । सञ्चारमाध्यममा नराम्रो समाचार बन्ने डरले उनको मुटुको धड्कन एकछिन त निकै बढेर पनि आयो । उनको अनुहार रातो भएको थियो । हुनत करिष्माले त्यस्तो कुनै नचाहिने काम गरेकी थिईन् र पनि उनमा एक किसिमको डर थियो ।

 

कुरा हो आईतवार राजधानीको बागबजार स्थित पध्म कन्या क्याम्पसमा आयोजित ‘चलचित्र सिद्धान्त’ नामक फिल्मी पुस्तकको लोकार्पण कार्यक्रमको । कार्यक्रममा अतिथी बनेर आएकी अभिनेत्री मानन्धर कालो ड्रेसमा सजिएर दिउँसो करिब सवा एक बजे पध्म कन्या क्याम्पसको सभा हलमा पुगेकी थिईन् । कार्यक्रममा उनी एकिकृत नेकपा माओवादी नेता डा बाबुराम भट्टराई र संगीतकार शम्भुजित बाँस्कोटाको बिचमा बसेकी थिईन् ।

 

करिब साढे एक बजे शुरू भएको सो कार्यक्रममा अभिनेत्री मानन्धरले आफ्नो कानमा झुण्डिएको झुम्कालाई बारम्बार दाहिने हातले चलाईरहेकि थिईन् । उनले बारम्बार आफ्नो हात महिलाको आकार भएको सो झुम्कामा लैजान थालेपछि फिल्मीखबरले सो क्रियाकलापलाई निकै ध्यान दिएर हेरिरह्यो । निकै बेर करिष्मालाई नियाले पछि फिल्मीखबरले एउटा रमाइलो कुरा पत्ता लगायो । नायिका करिष्माले दाहिने कानमा महिलाको आकार भएको झुम्का लगाएकी थिईन् तर देब्रे कानमा भने सो झुम्का देखिएन । कार्यक्रम सकिए लग्गतै फिल्मीखबरले करिष्मालाई सोध्यो, 'तपाईले एउटा कानमा मात्र किन झुम्का लगाउनु भएको ?' करिष्मा एक छिन अलमल्ल परिन र भनिन, 'दुबै कानमा लगाएकी छु त ।'

 

फिल्मीखबरले करिष्मालाई देब्रे कान समात्न लगायो । त्यसपछि करिष्मा एकछिन् अत्तालिईन् र रातो अनुहार बनाउँदै भनिन्, 'ला झुम्का त कहाँ खसेछ ? अब मिडियाले समाचार बनाएर मेरो बेईज्जत गर्ने भो ।' आफ्नो सुन्दरताको बारेमा निकै ध्यान पुर्‍याउने यि अभिनेत्रीले एउटा कानमा मात्र झुम्का झुण्डिएपछि आफू निकै लज्जित भएको बताईन् र भनिन्, 'घरबाट आउँदा त दुबै कानमा लगाएर आएकी थिएँ तर कहाँ खसेछ पत्तै भएन। अब यसको बारेमा न्यूज नबनाईदिनु है । प्लिज !' उनले फिल्मीखबर समक्ष बिन्ती गरिन् र उनी आफ्नो गाडी भएतिर लम्किन् ।

 

गाडी भित्र पस्न नपाउँदै उनले खुसी हुँदै भनिन्, 'झुम्का त गाडी मै खसेको रहेछ ।' उनलाई एउटा कानमा झुम्का लगाएर बेईज्जत भएको भन्दा पनि बढि पिर झुम्का हराएकोमा लागेको रहेछ । किनकी सो झुम्का नायक भुवन केसीकी पूर्वपत्नी तथा अभिनेत्री सुस्मिता केसीले आफ्नो जन्मदिनमा उपहार दिएकी रहिछन् । 'सुस्मिता भाउजुले गिफ्ट दिनु भएकोले मलाई यसको निकै माया लाग्छ', करिष्माले भनिन् ।

 

यसरी अभिनेत्री करिष्माले आफ्नो कानको झुम्मा हराएको के साँच्चिकै थाहा नपाएकी हुन् या उनले समाचार बनोस् भनेर थाहा पाएर पनि नपाएको जस्तो गरेकी हुन् ? अभिनेत्री मानन्धरले यो प्रश्नलाई एकपटक सोच्न बाध्य बनाएकी छिन् ।